Todays Nepal
No1 Nepal's Complete News Sites

एउटै बाख्राको मूल्य साढे चार लाख !

8,703

पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ ।कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश पराजुलीले उन्नत जातको बाख्रापालन गरेका छन् । उनले प्रगति बोयर बाख्रापालन केन्द्र सञ्चालन गरेर उन्नत जातका बाख्रा पालेका छन् । हाल उनको फर्ममा १३७ वटा बाख्रा छन् । दक्षिण अफ्रिकाबाट बोयर जातको बीउ बाख्रा ल्याएका स्थानीय जातका बाख्रासँग ‘क्रस’ गरेर उन्नत जातको बाख्रा उत्पादन गरिरहेको बताए ।२०७१ सालदेखि व्यावसायिक बाख्रापालन शुरु गर्नुभएको पराजुलीले चार वर्षमा आफ्नो फर्ममा रु एक करोड २० लाख ९० हजार लगानी गरि सकेका छन्। पराजुली व्यावसायिक बाख्रापालनका लागि उदाहरणीय किसानसमेत बनेका छ भने मनग्ये आम्दानी गर्न सफल पनि भएका छन् ।

“अहिले देशभरबाट बाख्राको माग भइरहेको छ”, परिश्रमी पराजुलीले भने, “सुर्खेत, पर्वत, भक्तपुर, स्याङ्जासहित पूर्वका विभिन्न जिल्लाका किसान बाख्रा खरिद गर्न आउछन् ।” उनले सुर्खेतका एक किसानलाई २२ महिनाको १३२ केजी बोयर बाख्रा रु चार लाख ६५ हजारमा बिक्री गरेको सुनाए । “मासुका लागि बोयर जातको बाख्रा राम्रो मानिन्छ, उत्पादनका दृष्टिले पनि राम्रो छ” उहाँले बाख्राको गुण बयान गर्दै भने , “बोयरको मासु रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको माग बढ्दै गएको छ ।”बोयर जातको बाख्राले दुई वर्षमा तीन पटक पाठापाठी ब्याउने गरेको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: