Todays Nepal
No1 Nepal's Complete News Sites

अशोक दर्जीकी आमाले भावुक हुँदै दुवै हात जोडेर भनिन् “जतिबेला पनि हाम्रो घर बाढीले बगाइदिन सक्छ, बचाइदिनुहोस्”

8,757

पछिल्लो समय सामाजिक संजाल र युट्युबमा भाइरल बनेका बाल गायक अशोक दर्जी आफ्नो पहिलो गीत रेकर्ड गराएर झापा फर्किएका छन् । चर्चित संगीतकार टंक बुढाथोकी र डिजे रुपकको अगुवाईमा अशोकलाई संगीत सिकाउने र उनलाई पढ्ने ब्यबस्था गरिदिने काम भएको छ ।

उनको गीत मन बिनाको धन ठूलोकीले अहिले भाइरल रुप धारण गरिरहेका बेला झापाको दमकमा रहेको बेलडाँगी शरणार्थी शिविरमा नै पुगेका पत्रकारसँग ओकका आमा बाले बाढीले जतिबेला पनि आफ्नो घर भत्काइदिन सक्ने भन्दै छिटो भन्दा छिटो विकल्पको खोजीगरिदिन आग्रह गरेकी छिन् ।

केही महिना अघिसम्म झापाको केही शहरहरुमा मात्रै सिमित रहेको उनको प्रतिभाले यतिबेला देशमा मात्र नभर बिदेशमा रहेका नेपालीहरुको पनि मन जित्न सफल भएको छ । २ कक्षा सम्म मात्रै अध्यन गरेका उनले आर्थिक अवस्था नाजुक भएका कारणले गर्दा नै स्कुल जान छोडेका थिए । थप भिडियोबाट

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: