Todays Nepal
No1 Nepal's Complete News Sites

सरकारका मन्त्रीले नै मागे प्रधानमन्त्री ओलीको राजीनामा, यादवले दिए मुखभरीको जवाफ…

8,896

प्रदेश नम्बर दुईका आन्तरिक मामलामन्त्री विजय यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजिनामा दिनुपर्ने माँग गरेका छन् । उनले मुख्यमन्त्री लालबाबु राउतमाथि भएको आलोचनाको औचित्य नभएको बताएका छन् ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले प्रधानमन्त्री ओली, रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् । मुख्यमन्त्री राउतले प्रदेश नम्बर दुईका जनताको भावनाअनुसार भारतीय प्रम नरेन्द्र मोदीसामु कुरा राख्दा विरोध गर्न नहुने बताए । “यहाँको समस्या र जनताको भावनाअनुसार मुख्यमन्त्रीले बोल्नुभएको हो । जनताले उहाँलाई मुख्यमन्त्री बनाएका हुन् ।” यादवले भने ।

राष्ट्रिय झण्डाको स्वरुप विगारेर कार्यक्रममा राखिनु केन्द्र सरकारको गल्ती भएको यादवको जिकिर छ । “रक्षामन्त्री ईश्वर पोखरेले केका लागि हेलिकप्टर चढेर यहाँ आउनुभयो ? हामी त कोअर्डिनेशन गर्न मात्रै बसेका थियौँ । चारजना मन्त्रीहरु आएका थिए । झण्डा बिगारिएको किन देखेनन् ? केपी ओलीजीको जिम्मेवारी होइन ?” यादवले भने । प्रदेश नम्बर दुईको सरकारको पनि जिम्मेवारी भएको तर केन्द्र सरकारको निर्देशनअनुसार आफूहरु चलेकाले केन्द्र सरकाले पनि जिम्मेवारी लिनुपर्ने उनको तर्क छ ।

“तीनवटै तहको सरकारको गल्ती हो ।” यादवले भने । सबै पक्षले जिम्मेवारी लिने हो भने प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत राजिनामा दिन तयार रहेको यादवको भनाई छ । मुख्यमन्त्री राउतको सम्बोधन गलत भए केन्द्र सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पनि राजिनामा दिनुपर्ने यादवको तर्क छ । “उहाँ पनि आउनुभएको थियो । उहाँले पनि राजिनामा दिनपर्छ । यो कुरा उठाउनुस् त । नैतिकताको आधारमा परराष्ट्रमन्त्री ज्ञवालीले राजिनामा दिनुपर्छ ।” उनले भने । भारतीय जनता पार्टीका सासंद कीर्ते आजादले जनकपुर भारतको हो भन्नु गलत भएको यादवले बताए । नेपाल पानामा समाचार छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: