Todays Nepal
No1 Nepal's Complete News Sites

दुर्घटनामा निधन भएकामध्ये कोपाइलट आदित्य नेपाली मकालु मालिकका छोरा

8,767

आज भएको मकालु एयरको विमान दुर्घटनामा मकालु एयरका मालिककै एक्ला छोराको निधन भएको छ। जहाज दुर्घटनामा निधन भएकामध्ये कोपाइलट आदित्य नेपाली मकालु मालिकका छोरा हुन् । नाइन एन ए जे यु कलसाइन रहेको विमानका पाइलट किरण भट्टराई, कोपाइलट आदित्य नेपालको मृत्यु भएको हो ।

मृत्यु हुने कोपाइलट आदित्य नेपाली मकालु एयरका मालिक फिजोनाथ नेपालीका एक्ला छोरा हुन् ।दुर्घटनामा परेको जहाज कार्गो लिएर र्खेतको वीरेन्द्रनगरबाट जुम्लाको सिमिकोटका लागि उडेको थियो । संयोग पनि कस्तो भने हुम्लाको खार्पुनाथ भन्ने स्थान त्यही हो जहाँ २०७३ सालमा दुर्घटनाको मुखबाट पाइलट र कोपाइलट बचेका थिए । सहासी पाइलटको नामले परिचित साङ्गे लामाले फोर्स ल्याण्ड गरेर जहाज आफू र कोपाइलट प्रशान्त शाहको ज्यान बचाएका थिए ।यो भिडियो हेर्नुस्ः

बिमान दुर्धटना संगै अर्को भयानक दुर्घटना
काठमाडौँ । बुधबार सल्यान जिल्लाको शारदा नगरपालिका – १ स्थित पटनेरी भन्ने स्थानमा दुई वटा यात्रुवाहक बस एकापसमा ठोकिंदा दुर्घटना भएको छ। दुर्घटनामा परी ३७ जना घाईते भएका छन्, जसमध्ये २ जनाको अवस्था भने चिन्ताजनक रहेको छ।

बिहान करिव ११ बजेतिर सल्यानको लक्ष्मीपुरबाट श्रीनगरका लागि छुटेको यात्रुवाहक ना ६ ख २५०५ नम्बरको बस अर्को श्रीनगरबाट खलंगाका लागि हिँडेकको ना ५ ख ७७५० नम्बरको बसबससँग ठोकिंदा यो दुर्घटना भएको हो ।

दुर्घटनाभाट गम्भीर घाइते २ जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कर्यालय सल्यानले जनाएको छ।अन्य घाइतेहरूको भने श्रीनगरकै विभिन्न अस्पतालहरूमा उपचार भइरहेको बताईएको छ । घटनको बारेमा अन्य विवरण आउँ भने बाँकि रहेको छ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: