Todays Nepal
No1 Nepal's Complete News Sites

भर्खरै अमेरिकाले सार्वजनिक गर्यो डिभी नतिजा , यहाँबाट हेर्न सकिन्छ ?

9,097

सन् २०१९ को इडीभी नतिजा सोमबार सार्वजनिक भएको छ ।अमेरिकाले गत वर्ष खोलेको इडिभी चिठ्ठाको नतिजा सार्वजनिक गरेको हो ।

सन् २०१७ को अक्टोबर १८ देखि नोभेम्बर २२ सम्ममा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक भएको हो । डिभीको नतिजा आधिकारिक वेवसाईट http://www.dvlottery.state.gov/ESC/ मा गएर हेर्न दूतावासले आग्रह गरेको छ । डिभी परे/नपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ । तर नेपाली समय अनुसार राति १० बजेपछि मात्रै नतिजा हेर्न सकिने छ । इस्टन डेलाइट टाइम (इडिटी) अनुसार दिउँसो १२ बजेपछि डिभीको नतिजा हेर्न सकिन्छ ।

इडिटी नेपालको समय भन्दा ९ घण्टा ४५ मिनेट ढिलो छ । दूतावासले फारम भरेका सबैलाई डिभी नपर्ने र परेकालाई पनि मापदण्ड पूरा गरेर मात्र अमेरिका लैजाने भएकाले हल्लाको पछि नलाग्न पनि आग्रह गरेको छ ।

डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु अनिवार्य मानिएको छ । डिभी परेको वा नपरेको भन्नेबारे इमेल अथवा अन्य माध्यमद्वारा जानकारी भने प्राप्त हुँदैन ।

गत वर्ष असोज १७ गते डिभीको आवेदन खुल्ला भएको भएपनि आवेदन दर्ता नोभेम्बर ७, २०१७( २०७४ कात्तिक २१) मा बन्द भएको थियो ।

यस डीभी चिट्ठाको नतिजा यहाँ गएर हेर्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: