Todays Nepal
No1 Nepal's Complete News Sites

“शत्रु गते” चलचित्रको ५१ औं दिने सफलता मनाउने क्रममा देखाइन चुलबुले प्रियंकाले यस्तो हर्कत

6,704

चर्चित अभिनेत्री प्रियंका कार्कीले धेरै चलचित्रमा काम गर्दा उनको चर्को आलोचना र स्याबासी समेत पाउने गरेकी छिन । बर्षमै दर्जन भन्दा बढी चलचित्रको साथै म्यूजिक भिडियोमा समेत काम गरेर प्रियंकाले आफूलाई सस्तो बनाएको आरोप पनि लाग्दै आएको छ । तर प्रियंका भने नजिकका चलचित्रकर्मीहरुलाई ‘नाई’ भन्न नसक्ने बताउँछिन् ।

प्रियंकाले चलचित्रमा काम पाइरहनुको अर्को कारण पनि छ, उनको शैली । चुलबुले प्रियंका मानिसलाई आफ्नो बनाउन निकै सिपालु छिन् । शनिबार बेलुकी आयोजना भएको ‘शत्रु गते’ चलचित्रको ५१ दिने सफलता कार्यक्रममा प्रियंकाको यो शैली खुबै देखियो । कार्यक्रम स्थलमा प्रवेश गर्नसाथ उनले निर्माता किरण केसीसँग अंकमाल गरिन् र सेल्फी खिचिन् । यसपछि, प्रियंकालाई किरण केसीले जुरुक्क बोके र फनफनी घुमाए । क्यामेराको भीड लागेपछि उनीहरुले यो फण्डा अपनाएको वुझ्न गाह्रो पर्दैनथ्यो ।

उक्त कार्यक्रम सुरु भएपछि पनि प्रियंकाको यो शैली देखियो । कार्यक्रम संचालन गरिरहेका जितु नेपालसँग उनी अंकमाल नै गरेर उभिइन् । जीतुसँगै केही समय उनले पनि कार्यक्रम चलाइन् । उनलाई चलचित्रमा अभिनय गरेको भन्दै ‘मायाको चिनो’ प्रदान गरियो । उनले, ‘मायाको चिनो’ ग्रहण गर्न स्टेजमा पुग्दा सबैभन्दा पहिले चर्चित कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई झुकेर नमस्कार गरिन् । प्रियंकासँगै उभिएकी अर्की नायिका आँचल शर्मा पनि चुपचाप थिइन् । मानिसलाई झिट्टै आफ्नो मनाउन सिपालु भएकै कारण प्रियंकाले धेरै काम पाउने गरेको चर्चा चलचित्र बजारमा चल्ने गर्दछ । साभार अनलाइनखवरबाट

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: