Todays Nepal
No1 Nepal's Complete News Sites

राती सुत्नुअघि गर्नुहोस् यस्ता काम, गरीबी हटेर जान्छ

8,996

जोतिषशास्त्रमा हरेक कामको लागि छुट्टै समय निर्धारण गरिएको हुन्छ । शास्त्र अनुसार, रातको लागि केहि यस्तो काम बताइएको छ जसलाई सबैले पालना गर्नुपर्ने हुन्छ ।

मान्यता रहेको छ कि यी काम र नियमलाई अपनाउनाले घरमा सदैव लक्ष्मीको कृपा बनिरहन्छ । सुत्नुभन्दा पहिला यस्ता काम गर्नुहोस्ः

-राती घरको दक्षिण र पश्चिम कुनामा बत्ती वा बल्ब बाल्नाले पितृको आत्माले शान्ति पाउँछ र घरमा सम्पन्नता छाउँछ ।

-पूजा घर वा देव स्थानमा राती दियो बाल्नाले घरमा लक्ष्मीको वास रहन्छ ।

-सुत्नुभन्दा पहिला आफ्नो गोडा धुनपर्छ, यसो गर्नाले राम्रो निद्रा आउँछ र निद्रा राम्रो आउनाले स्वास्थ्य समेत ठीक रहन्छ ।

-सुतेको बेलामा आफ्नो खुट्टालाई उत्तरी दिशातर्फ पार्नुहोस् । यसो गर्नाले शरीर र घरमा समेत नकरात्मक उर्जा आउन पाउँदैन ।

-सयन कोठामा कपूर बाल्नाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ र पति पत्निबीचको सम्बन्ध समेत सुमधुर बन्छ ।

-घरमा भएका बृद्धा र आमा बुबा सुतिसकेपछि मात्र सुत्नुहोस् । यसो गर्नाले परिवारमा राम्रो वातावरण बन्छ ।

अन्य समाचार

सवारी ढुवानीका नाममा लाखौंको अनियमितता
३१ वैशाख, काठमाडौं । सवारी ढुवानीका लागि भन्दै सरकारी निकाय पशु स्वास्थ्य निर्देशनालयले लाखौं रुपियाँको चलखेल गरेको रहस्य खुलेको छ।
निर्देशनालयले सवारी साधन ढुवानीका नाममा लाखौं रूपियाँ अनियमितता गरेको भेटिएको छ।

निर्देशनालयले सवारी साधन खरिदका नाममा ६१ लाख ३५ हजार रूपियाँ अनियमितता गरेको देखिएको हो।

निर्देशनालयले भ्याक्सिन ढुवानी ट्रक २४ लाख ४० हजार रूपियाँ र डबल डोर रेफ्रिजेरेटर ३६ लाख ९५ हजार रुपियाँमा खरिद गरेको देखिएको हो। डबल डोर रेफ्रिजेरेटर २५ वटा खरिद गरिएको छ।

निर्देशनालय मातहतको केन्द्रीय जैविक उत्पादन प्रयोगशालाले २ वर्ष अगाडिदेखि मौजुदा रहेको भ्याक्सिन ढुवानी गर्ने सवारी साधन प्रयोगविहीन रहेको अवस्थामा थप सवारी साधन खरिद गरेको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख छ।

खरिद गरेको रेफ्रिजेरेटर २५ मध्ये ६ वितरण नगरेको बताइएको छ। प्रतिवेदनमा भनिएको छ,‘मौज्दात रहेको सवारी साधन प्रयोगविहीन रहेको अवस्थामा उक्त साधन उपयोगमा नल्याई थप साधन खरिद गर्नु उचित देखिएन।’

तत्कालीन पशुपंक्षी विकास मन्त्रालय र मातहत निकायको लागि थप ७ अर्ब ५९ करोड ६० लाख ४५ हजार रूपियाँ बजेट विनियोजन गरिएको थियो। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: