Todays Nepal
No1 Nepal's Complete News Sites

भारतले सिमा अतिक्रमण गरिरहदा, चीनले पनि नेपाल बिरोधि काम गर्यो, सगरमाथाको उचाई चार मीटर घटायो

8,710

सर्वोच्च शिखर सगरमाथाको उचाई कति हो? हामी भन्छौं– आठ हजार आठ सय ४८ मिटर। तर अझै पनि सगरमाथाबारे माथापच्ची जारी छ।

सर्वोच्च शिखर भर्खरै टेकेका केही विदेशी चिनबाट जारी भएको प्रमाणपत्र देखेर अचम्म मानिरहेका खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

आफ्नो देशबाट हिँड्दा आठ हजार आठ सय ४८ मीटरको सगरमाथा चढ्न तिब्बती मोहडातर्फ हान्निएका ती आरोहिले फर्कंदा ४ मीटर होचोको प्रमाणपत्र पाएपछि अचम्म नमानुन् पनि कसरी? उनीहरुले नेपालको पर्यटन मन्त्रालय, पर्यटन बोर्डसँग सोधे। नेपाल पक्षले ‘होइन’ भनिरह्यो, चीन पक्षले ‘हो’ मात्रै भनेन, नेपालले पुरानो उचाईलाई प्रचार गरेको समेत भन्न भ्यायो।

यसो हुनुको कारण हो, द माउण्टेन एशोसिएसन अफ तिब्बतले आठ हजार आठ सय ४४ दशमलब १३ मीटर उचाई किटान गरेर आरोहीलाई प्रमाणपत्र दिनु।

सगरमाथालाई नेपाल र चिनको पानी ढलोको रुपमा लिइन्छ। शिखर उही हो, चढ्ने ठाउँ वा बाटो मात्र फरक हो। एक सय ६२ वर्षअघि सगरमाथाको उचाई ८८४८ मिटर कायम गरिएको थियो।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: