Todays Nepal
No1 Nepal's Complete News Sites

अबको केहि बर्ष भित्रै जापानी बेलायती र युरोपेली युवाहरूको रोजगार गतब्य मुलुक नेपाल -मन्त्री गोकर्ण बिष्ट

8,724

युवा संघ नेपालको २८ औं स्थापना दिवसको अवसरमा बोल्दै श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले अबको केहि बर्ष भित्र जापानी बेलायती र युरोपेली युवाहरूको रोजगारको गतब्य मुलुक नेपाल हुने बताएका छ्न ।

अहिले जति देशहरूले समृद्धि हासिल गरेका छन त्यो त्यहाँका युवाहरुको मिहिनेत र श्रमको उपज भएको भन्दै अब नेपाली युवाहरूको पहलमा नेपाल समृद्ध बन्ने छ र ती देशका युवाहरू रोजगारीको लागि नेपाल आउनेछ्न उनले भने ।

श्रम तथा रोजगार मन्त्रालयले युवाका लागी प्रभावकारी कार्यक्रम र श्रम ऎन ल्याउन लागेको जानकारी दिदै अब स्वदेशमै रोजगारको अवस्था सृजना गरीनेछ त्यसको त्यसलाई मर्यादित बनाउन हरेक श्रमिकले बैंक खाता मार्फत तलब पाउने ब्यवस्था लागू गर्न लागेको पनि बताएका छन् ।

हरेक युवाहरूको श्रमलाई राज्यले सम्मान गर्ने भन्दै अब रोजगारको लागि बिदेश जाने दिन अत्य हुने पनि उनको भनाई छ ।

सैनिक महाविद्यालयमा आफ्नै साथीको निर्घात कुटपिट
चितवन, १ जेठ (रासस) ः आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने उद्देश्यका साथ यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरिएको छ । सैनिक आवासीय महाविद्यालय खैरहनी नगरपालिकाको पर्सास्थित आवासमा शनिबार बिहान ३ बजे कुटपिटको घटना भएको हो ।

आवासमा बसेका आफ्नै साथीहरुले भरतपुर महानगरपालिका वडा नं १० निवासी सिर्जना पौडेल लामिछानेका छोरा १४ वर्षीय श्रीनव लामिछानेलाई मार्ने उद्देश्यका साथ कुटपिट गरेका हुन् । पीडित बालककी आमा सिर्जनाका अनुसार, छोराको दायाँ आँखाको छेउमा गहिरो चोट लागेको छ भने आँखामुनिको हड्डी भाँचिएको छ । घाँटीमा हातले थिच्दा नील डाम परेको छ भने दुवै आँखामा रगत जमेको छ ।

पीडित बालकका अनुसार गहिरो घाउका कारण नाक र मुखबाट समय समयमा रगत बग्ने समस्या देखिएको छ ।

सिर्जनाका अनुसार बालकलाई भरतपुरको मनकामना अस्पताल र भरतपुर अस्पतालमा सिटी स्क्यानसहित स्वास्थ्य परीक्षणपछि आज प्रहरीमा उजुरी दर्ता गरिँदैछ । उहाँले भन्नुभयो – “घटना भएपछि विद्यालयले घटना लुकाउन समयमै जानकारी पनि दिएन ।” अन्य अभिभावकबाट सूचना पाएपछि आफूले शनिबार दिउँसोमात्रै छोरालाई भेटेर घर ल्याएको र उपचार थालेको उहाँले बताउनुभयो ।

कक्षा ९ मा अध्ययनरत श्रीनवले घटना विवरण सुनाउँदै भने, “बिहान ३ बजेतिर साथी अनिस श्रेष्ठले पिसाब फेर्न जाउँ भन्यो । सँगै म शौचालय गएँ । सधैँ नयाँ साथी क्रिस थापाले शौचालय जाउँ भन्थ्यो, त्यो दिन अनिसले भन्यो । रिवाज रेग्मी शौचालयको ढोकामा लुकेर बसेको रहेछ । मैले रिवाजलाई देख्नेबित्तिकै झस्किएँ । यहाँ किन लुकेको भनेँ ।” घटना सुनाउँदै श्रीनवले अगाडि भने, “अर्काे साथी क्रिस थापाले पछाडि आएर मेरो घाँटी न्याँक्यो र भित्तामा ठोक्काएर न्याँकिरह्यो, म चिच्याइरहेँ । मलाई धारोको टुटीमा पनि ठोक्याए, धारो भाँच्चियो । त्यतिबेला अरु दुईजना, सुयोग श्रेष्ठ र रिजन श्रेष्ठ पिसाब फेर्न आए, क्रिसले उनीहरुले चुप लाग, उता जा भन्यो । त्यतिबेलै म चिच्याएको मेरो बेड पार्टनर सुयोग खनालले सुनेछ । उसले पालेलाई भनेछ । पालेदाइ आएपछि उनीहरु भागे ।”

क्रिस थापा भन्ने विद्यार्थी कक्षा ६ मा पनि त्यही विद्यालयमा अध्ययन गरेको तर विभिन्न बहाना पारी घर जाने गरेको श्रीनवले सुनाए । त्यसपछि बीचमा उक्त विद्यालय छोडेर अन्यत्र पढ्न गएका क्रिस पुनः कक्षा ९ मा सो विद्यालयमा आएको उनले बताए ।

क्रिसले एकजना साथी मारेमा विद्यालय बन्द हुने र यहाँ पढ्न र बस्न नपर्ने बताउँदै आएको श्रीनवले बताए ।

घटनापछि श्रीनवलाई बिहान ३ः४५ बजे स्थानीय चौधरी पोलिक्लिनिकमा उपचार गरिएको श्रीनवले बताए । बिहान १० बजेतिर विद्यालयका निमित्त प्राचार्य भविलाल न्यूरेले पीडित बालकका बुबा नवराज लामिछानेलाई टेलिफोन गरेको तर घटनाको विषयमा केही नबताएको लामिछानेले बताउनुभयो । पीडित बालकका परिवारले जघन्य घटना हुँदासमेत विद्यालयले लुकाएको आरोप लगाएका छन् ।

विद्यालयका निमित्त प्राचार्य न्यूरेले टेलिफोन उठाउनुभएन भने विद्यालय हेर्र्दै आउनुभएका मेजर प्रकाश अधिकारीले घटनाका बारेमा बोल्न नमिल्ने बताउनुभयो । यस विषयमा जानकारी लिन खोज्दा नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले घटनामा संलग्न तीनजना विद्यार्थीलाई निलम्बन गरिएको बताउनुभयो । उहाँले पीडित विद्यार्थी आराम गरिरहेको जानकारी दिनुभयो ।

कक्षा ६ भन्दामाथि मात्रै पढाइ हुने सो विद्यालयमा छात्रलाई अनिवार्य आवासमा राख्नुपर्ने व्यवस्था छ भने छात्रालाई घरबाटै आउने जाने व्यवस्था गरिएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: