Todays Nepal
No1 Nepal's Complete News Sites

पाकिस्तानले भारतसँग कश्मीरको सट्टा माधुरी दीक्षित मागेपछि…

8,701

९० को दशकमा बलिउडमा राज गर्ने हिरोइन माधुरी दीक्षितको आज जन्मदिन हो । माधुरी आज ५१ वर्षकी भएकी छिन् । माधुरीले कैयौं हिट फिल्ममा काम गरिन् । एक समय फिल्ममा काम गर्ने महिला कलाकारमध्ये सबैभन्दा धेरै पारिश्रमकि लिने कलाकार माधुरी बनेकी थिइन् ।

कुनै बेला माधुरीको क्रेज यतिसम्म थियो कि उनका फ्यान पाकिस्तानमा पनि अत्याधिक थिए । कश्मीरको सीमामा भारत पाकिस्तान युद्ध भइरहेका बेला पाकिस्तानीहरुले ‘हामी कश्मीर छोडिदिन्छौं हामीलाई माधुरी दीक्षित देउ’ भनेको चर्चा अहिलेसम्म चलिरहन्छ ।

संसारका निकै चर्चित चित्रकार एमएफ हुसेन माधुरीका निकै ठूला फ्यान थिए । उनले माधुरीको फिल्म ‘हम आपके हैं कौन’ ६७ पटक हेरेका थिए । जब माधुरीले आजा नचले फिल्मबाट कमब्याक गरेपछि हुसेनले पूरै थिएटर बुक गरेका थिए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: