Todays Nepal
No1 Nepal's Complete News Sites

सन्नी लियोनीले पोर्न फिल्म खेल्नै लाग्दा बुबा आमालाई यस्तो तरिका अपनाएर मनाएकी थिइन्

8,730

हरेक वर्ष १३ मेका दिन बलिउड अभिनेत्री सन्नी लियोनी जन्मदिन मनाउने गर्छिन् । यस वर्ष सन्नीले आफ्नो ३७औँ जन्मदिन मनाएकी छन् । सन्नीले एउटा मान्छेले जीवनमा कमाउन सक्ने नाम, दाम सबै कमाएकी छिन् । एक पोर्नस्टारका रूपमा स्थापित परिचय र विगतलाई त्यागेर उनी अगाडि बढिरहेकी छन् । पछिल्लो समय सन्नी आफ्नो जीवनकथामा बनेको फिल्म ‘करणजित कौर– द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’लाई लिएर चर्चामा छिन् । २०१२ मा आएको पूजा भट्टको फिल्म ‘जिम्स–२’ बाट सन्नीले बलिउडमा डेब्यु गरेकी थिइन् । सन्नीबारे केही तथ्य :

१. सन्नीको असली नाम करणजित बोहरा हो । पन्जाबी मूलकी उनी अमेरिका र क्यानडामा हुर्किएकी हुन् । २. सन्नीको नर्स बन्ने सपना थियो । यसका लागि उनले मेडिकल साइन्स पढेकी थिइन् । एक समय उनले करसँग सम्बन्धित कार्यालयमा कामसमेत गरेकी थिइन् ।

३ सन्नी लियोनी र उनका पति ड्यानियल वेबरकोे बिहे २००९ मा भएको थियो । ड्यानियलले हरेक रूपमा सन्नीलाई हौसला दिँदै आएका छन् । ४. सन्नी लियोनी र ड्यानियल तीन बच्चाका आमाबुबा हुन् । अघिल्लो वर्ष उनीहरूले छोरी निशालाई धर्मपुत्रीका रूपमा लिएका थिए भने यस वर्ष सेरेगोसीका माध्यमबाट उनीहरू थप दुई बच्चाका आमाबुबा बनेका छन् । नयाँ पत्रिकामा खबर छ । ५. सन्नीले पोर्नस्टार बन्नुअघि आफू एक अन्तर्वार्तामार्फत उक्त कुरा परिवारलाई बताएकी थिइन् । ६. सन्नी सामाजिक संस्थामा आबद्ध छिन् । जुन संस्थाले क्यान्सरपीडितदेखि जनावर संरक्षणसम्मका लागि चन्दा संकलन गर्छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: