Todays Nepal
No1 Nepal's Complete News Sites

श्रीमान गुमाएपछि सुनिताको यस्तो संघर्ष, सासु बुहारीको यति मीठो सम्बन्ध

8,848

जीवन सुन्दर छ, तर यो सुन्दरतालाई यस भित्रका दु : खहरुले सजाएका हुन्छन्। दु:खलाई जीवनको एउटा पाटो मान्ने व्यक्ति जीवनमा अगाडी बढ्छ भने त्यसैलाई बाधा र पीडाको रुपमा लिने मान्छे जहाँको त्यहीं रहन्छ।

त्यो दु:खको चट्टानमा पनि जीवनलाई फ़ुलाउनको लागि प्रयासरत व्यक्ति हुन् सुनिता उप्रेती। सुनिताका श्रीमान आइ.टि सम्बन्धि काम गर्थे र उनले वर्षमा दुईपटक अफ्रिकामा काम गर्ने गरि युएन मा आबद्ध भएका थिए।

उनी केही वर्षदेखि अफ्रिका जाने आउने गरेका थिए, तर २०१६ मा अफ्रिकाबाट फ़र्किएपछि उनी बिरामी परे। ज्वरोले थला परेका श्रीमानलाई सुनिताले ओम अस्पतालमा भर्ना गरिन् । तर उपचार चलिरहेको केही समयपछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

अस्पतालमा एक्लै रहेकी सुनिताले विराटनगरमा रहेको परिवारलाई खबर गरेपछि मात्र रुन थालेकी थिइन् । उनी भन्छिन् , ” मलाई अहिले पनि अचम्म लाग्छ कि, त्यस्तो अवस्थामा मैले परिवारलाई खबर गरें र त्यसपछि बल्ल मलाई रुन आयो । सायद मैले मेरो दु:खभन्दा पहिले मेरो दायित्व सम्झिएँ ‘।

सुनिताका दुई छोरी , जुन र उजेली छन् । छोरीहरुकै नामबाट उनले पुल्चोकमा बुटिक खोलेकी छन् । उनी भन्छिन् , ” जसरि गाडी हेर्दा अगाडी हेरेर चलाउनुपर्छ, पछाडी हेर्दा दुर्घटना हुने सम्भावना हुन्छ जीवन पनि त्यस्तै हो । मैले अब मेरा छोरीहरुको सुन्दर भविष्यको लागि काम गर्नुपर्छ”।

सुनिता र उनकी सासु बीचको सम्बन्ध देख्दा जोकोही उनीहरुलाई आमा-छोरी सम्झिन्छन् । उनीहरुका एक-अर्कालाई साथ दिंदै बाँचिरहेका छन्।हेर्नुहोस् भिडियो :

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: