Todays Nepal
No1 Nepal's Complete News Sites

जव ऋचा शर्माले अन्तर्वार्तामै भूत बनेर तर्साइन्

8,704

नेपाली चलचित्र क्षेत्रमा ऋचा शर्मा आफ्नो अभिनय क्षमताले विभिन्न पात्रहरूको अभिनय गर्न सक्ने नायिकामा चिनिन्छिन् । उनका अनुसार, उनी विभिन्न चलचित्रमा विभिन्न पात्रको भूमिका निर्वाह गर्न मन पराउँछिन् ।

ऋचा शर्मालाई धेरैले घमण्डी नायिका समेत भन्छिन् । तर उनी भने, आत्मविश्वासी महिलालाई समाजले घमण्डी भन्ने भएकोले, आफूलाई घमण्डी भनेको सुन्दा खुशी लाग्ने बताउँछिन् । ऋचाका बुवा छैनन्, आमा मात्र छिन् । उनी आफ्नी आमालाई आफ्नो संसार मान्छिन् र उनको एकदमै हेरविचार गर्छिन् ।

नायिका ऋचा शर्माले चलचित्र निर्माणमा पनि हात हालेकी छन् र उनले हरर चलचित्र ‘सुनकेशरी’को निर्माण समेत गरेकी छन्। जेठ ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मको सम्पूर्ण सुटिङ अस्ट्रेलियामा गरिएको हो । अर्पण थापाको निर्देशनमा बनेको फिल्ममा ऋचा स्वयं, रवीन्द्र झा, सन्नी ढकालका साथै अस्ट्रेलियन कलाकार लौरेन लोफ्बेर्ग लगायतले अभिनय गरेका छन् ।

निर्देशक अर्पणकै लेखन रहेको फिल्मको कार्यकारी निर्माता मनोज अधिकारी छन् भने निर्मातामा भीम न्यौपाने, शर्मिला सापकोटा लगायत छन् । फिल्ममा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको सङ्गीत छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: