Todays Nepal
No1 Nepal's Complete News Sites

नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको लागी आयो अर्को ठुलो खुसी को खबर

9,854

नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् ।सन्दिप लामिछाने सन्दिप लामिछानेअल आउट क्रिकेट’ले विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूची सार्वजनिक गरेको छ, जसमा नेपालका युवा क्रिकेटर सन्दिप पनि परेका छन् ।सन्दिप सूचीको ३० औं नम्बरमा छन् । १६ वर्षीय लेग स्पिनर लामिछानेलाई अल आउट क्रिकेटले भावी यासिर साह भनेको छ ।

विश्वभरका क्रिकेट लेखकहरुको मतका आधारमा ‘अल आउट क्रिकेट’ले यो सूची बनाइएको हो ।अहिलेसम्म २० जनाको नाम सार्वजनिक गरिएको छ र, शीर्ष १० को नाम आउन बाँकी छ ।

बैशाख ३१, २०७५ काठमाडौं : मित्रराष्ट्र पाकिस्तानको पाकिस्तान आर्म फोर्सका चियरम्यान जुबेर मोहम्मदका औपचारिक निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र पाकिस्तानको तीन दिने औपचारिक भ्रमणको लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका छन्।

क्षत्रीलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे। भ्रमणको अवधिभर प्रधानसेनापति क्षत्रीको अनु पस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन्। भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री जेठ चार गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र पाकिस्तानी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध वृिद्ध हुनुका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास लिईएको छ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: