Todays Nepal
No1 Nepal's Complete News Sites

जम्मा १३ वर्षकी यि बालिकाको छाला सर्पको झै फेरिँदैछ, घाममा हिँडे लगत्तै मुखबाट रगताका धारा नै बग्छन्

9,021

वेदिका गुप्ता ‘स्नेक गर्ल’ का नामले पछिल्ला दिनमा सामाजिक संजाल तथा समाचारमा भाइरल बनिरहेकी छिन् । घटना हो भारतको । भारतको इन्दौरकी १३ वर्षीया वेदिका एक दुर्लभ रोगका कारण उनको शरीरभरी दुरुस्तै सर्पको जस्तै कत्ला देखा परेको छ । जसका कारण उनलाई सर्पको जस्तो छाला भएकी केटी भनेर मानिसहरुले बोलाउन समेत थालेका छन् ।

भारतीष्य मिडिया एबिपी अनलाइनका अनुसार उक्त रोग आनुवंशिक रोग लामल्लार इचथ्योसिस पनि भनी उल्लेख गरिएको छ । चिकित्सकले उनलाई घामबाट जोगिन घरबाट बाहिर नजान सुझाएका छन् । यदि उनी कुनै अर्जेन्ट कामले बाहिर घाममा देखा परिहालिन् भने उनको छालाबाट रगत बग्ने गर्छ ।

जुन रोग करिब २ लाख मानिसमध्ये एकमा देखा पर्ने गरेको अनुसन्धानले देखाएको छ । यि बालिकाको पछिल्लो समय कपाल पनि झर्दै जान थालेको छ । शरीरमा सर्पको जस्तो टाटेपांग्रे देखिने यो समस्या यसअघि पनि उनको परिवारमा दुईजनालाई देखिइसकेको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: