Todays Nepal
No1 Nepal's Complete News Sites

मोदी आउने भएपछी बल्ल सफा हुने भयो काठमाडौँ: यसरी धमाधम तीव्र रुपमा सरसफाई हुँदै…

9,000

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले सरसफाइलाई तीव्र बनाएको छ।

कामपाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार अहिले सडक छेउको पेटीमा रङरोगन र सडक आसपासको धुलो सफा गर्ने काम भइरहेको छ । छिमेकी मुलुकका प्रधानमन्त्रीको स्वागतका लागि सडकदेखि पूर्वाधार टल्काउने ध्याउन्नमा महानगर लागेको छ ।

“कामपाले विभिन्न संस्थाले विज्ञापन गर्ने उद्देश्यले सडक पेटी र बिजुलीको पोलमा टाँसेका पोस्टर पम्प्लेट, व्यानर, भित्तेलेखनलाई पनि निकालेर शहरलाई सफा बनाउने छ”–आचार्यले भन्नुभयो ।

कामपाले शहरी सौन्दर्यमा असर पर्नेगरी विभिन्न प्रचार सामग्री टाँस्ने र भित्तेलेखन गरेको पाइएमा तत्काल नियन्त्रणमा लिई कारबाही गर्ने भएको छ । नगर प्रहरी परिचालन गरेर पोस्टर टाँस्नेलाई मात्र होइन पोस्टर टाँस्न लगाउने कम्पनीलाई पनि कारबाही गरिने महानगरले जनाएको छ । यसैबीच, कामपाले प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन पनि गर्ने तयारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: