Todays Nepal
No1 Nepal's Complete News Sites

महिलालाई दिसा खुवाईयी जघन्य अपराध हुॅदा नेपाल प्रहरी दर्सक बनेर हेरीरहे !

8,746

सुर्खेतमा एक महिलालाई प्रहरीकै अगाडी दिसा खुवाइएको छ । अन्तरिक विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । बराहताल गाउँपालिका–५ सुर्खेतकी भविसरा थापा मगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर प्रहरी चौकीको हाताभित्रै दिसा खुवाएपछि पक्राउ परेकी हुन् ।

गाउँमा सलामीले मदिरा सेवन गरी गाली बेइज्जती गरेको भनी थापाले प्रहरीचौकीमा उजुरी गरेकी थिइन् । प्रहरीले थापा र सलामी दुवै पक्षलाई झिकाइ वडा नं ५ का वडाध्यक्ष दिल मसाङ्गीको रोहवरमा छलफल गर्दा अबीरको टीका लगाएर सलामीसँग मिलापत्र गर्छु भन्दै प्लाष्टिकमा लुकाई ल्याएको दिसा खुवाएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक उमाकान्त चतुर्वेदीले जानकारी दिए ।

अन्य समाचार

नेपालमा पछिल्लो समय सुन काण्डले तहल्का नै मच्चाएको छ । कहिले प्रहरी उच्च अधिकारी पक्राउ त, कहिले सोधपुछ र छानबिन

। दैनिक कुनै न कुनै नयाँ मोड र नयाँ पात्र यो काण्डसँग जोडिएर आउने गरेका छन् । यस्तै फेरी नेपाल सरकारकै बहालवाला महान्यायाधिवक्ताले फरार अभियुक्तसँग तस्बीर खिचेको पाइएको छ ।

अन्तराष्ट्रिय विमानस्थलबाट हराएको साढे ३३ किलो सुन प्रकरणका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेतीकी पत्नी निरु खरेल (नर्वदा)सँग सरकारका महान्यायाधिवक्ता अग्नि खरेलले सँगै खिचेको तस्बीर भाइरल भएको छ । मुख्य अभियुक्त उप्रेतीकी पत्नी निरुलाई पनि प्रहरीले अभियुुक्त सूचिमा राखेको छ ।

७३ यातायात व्यवसायी पक्राउ, कागज गरेमा मात्रै छाडिने

सार्वजनिक यातायात नचलाउने कार्यमा संलग्न यातायात समितिमा रहेका ७३ जनालाई प्रहरीले आज विभिन्न जिल्लाबाट पक्राउ गरेको छ। गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेमा रुपन्देही जिल्लाबाट १०, सुनसरीबाट नौ, झापाबाट आठ, बाराबाट सात, लमजुङ, रौतहट र खोटाङबाट पाँच पाँच, उदयपुर, सप्तरी, मकवानपुर र काभे्रपलाञ्चोकबाट तीन तीन जना र कालीकोटबाट दुई जनालगायत छन्।

गृहमन्त्रालयले अन्य जिल्लाबाट पनि पक्राउ परेकाको विवरण आउनेक्रम जारी रहेकाले यो संख्या बढ्नसक्ने जनाएको छ। सप्तकोशी बस व्यवसायी संघ, कोशी बस व्यवसायी संघ, मेची बस व्यवसायी संघ, सगरमाथा बस व्यवसायी संघ, चितवन यातायात बस व्यवसायी संघ, काभ्रे मिनीबस बस व्यवसायी संघ, कालिका यातायात सञ्चालक समिति, पश्चिम यातायात बस व्यवसायी समिति, कर्णाली बस व्यवसायी संघ, कर्णाली रिभर यातायातलगायत यातायात समितिका पदाधिकारी पक्राउ परेका हुन्।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सवारी साधन चलाउने र एकाधिकार अन्त्यको सरकारको निर्णयमा समर्थन गर्ने कागज गरेमा मात्रै पक्राउ परेकालाई छाडिनेछ। सो कागज गर्न नमानेमा पक्राउ परेकालाई अत्यावश्यक सेवा ऐन २०१४ अनुसार कारवाही अघि बढाइने जानकारी उनले दिए। रासस

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: