Todays Nepal
No1 Nepal's Complete News Sites

यस्तो छ, पृथ्वी “नर्कको द्वार”: यो हो विश्वको सबैभन्दा गहिरो प्वाल…

8,837

रुसमा एउटा यस्तो स्थान छ जसलाई ‘नर्कको द्वार’ पनि भनिन्छ । यो विश्वकै सबैभन्दा गहिरो खनिएको प्वाल हो । ‘कोला सुपरडीप बोरहोल’ नामको यो प्वाललाई वैज्ञानिकहरुले १९७० मा खन्न सुरु गरेका थिए ।

अमेरिकी वैज्ञानिकलाई चुनौति दिने मनोसायले रुसी वैज्ञानिकले १९ वर्ष लगातार खनेका थिए । धेरै भन्दा धेरै गहिरोसम्म खन्न उनीहरुले यस्तो अभियान थालेका थिए । यसै क्रममा १९ वर्ष लगातार खनेपछि उनीहरु १२ किलोमिटरको गहिराइसम्म पुग्न सफल भएका थिए । तर त्यसपछि भने अचानक उनीहरुले खन्न रोक्नु परेको थियो ।

अध्ययनका अनुसार वैज्ञानिकहरुले जतिजति गहिराईमा पुग्दै गए त्यतिनै खन्ने यन्त्रको तापमान पनि तेजीसँग बढ्न बढ्दै गइरहेको थियो । ४० हजार फिट मुनि पगेपछि भने यन्त्रले काम गर्नै छाड्यो किनकी त्यसबेला जमिनको तापमान १८० डिग्री पुगिसकेको थियो । त्यसैबेला वैज्ञानिकहरुले यस प्वालको नाम ‘डोर टू हेल’, ‘नर्कको द्वार’ राखेका थिए।

त्यस समय जमिनमा १२ किलोमिटरसम्म खन्नु आफैँमा चामत्कारिक उपलब्धी थियो । तरपनि यो धर्तीको सतहको केबल ०.२ प्रतिशत गहिराई मात्र हो । वैज्ञानिकहरुका अनुसार धर्तीको मुनि ६४०० किलोमिटरसम्म पुग्नु असम्भव कुरा हो । यस अनौठो कामलाई पूरा गर्न विश्वकै सबैभन्दा क्षमतावान् यन्त्रको प्रयोग गरिएको थियो ।

त्यस यन्त्रको नाम ‘उरालमाश’ हो जसमा मल्टी लेयर ड्रिलिङ सिस्ट हुन्छ । यसको वास्तविक लक्ष्य १५ हजार मिटरसम्मको गहिराईमा पुग्नु रहेको थियो ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: