Todays Nepal
No1 Nepal's Complete News Sites

जिपर र गोजी बाहेक केहि सद्दे नभएको १७ हजार रुपैंया मूल्यको यस्तो जिन्सको पाइन्ट

36

गर्मीको मौसम अनि आधुनिक समाजमा हुर्केका युवतीहरुमा छोटा-भन्दा छोटा कपडा लगाएर फेसन गर्ने होडबाजी नै चल्छ। अझ पश्चिमा जगतका युवतीहरुको त कुरै नगरौं।

आधुनिक युवतीहरु जतिसक्दो छोटो कपडामा सजिन मन पराउछन्। अनि फेसन कम्पनीहरु त्यस्ता युवतीहरुलाई आकर्षित गर्न छोटा कपडाहरु बजारमा ल्याउन तछाँडमछाड गर्छन्।

जिन्स पाइन्टलाई सदावहार पाइन्टको रुपमा चिनिन्छ।जाडो-गर्मी जुनसुकै मौसममा पनि जिन्स लगाइन्छ,जिन्स सबैको प्यारो पनि छ। तर आजभोली सद्धै होइन फाटेको जिन्समा युवायुवती रमाउन र जतिसक्दो फाटेको जिन्समा सजिन मन पराउछन्। अगाडि फाटेको, घुँडामा फाटेको र पकेटमा फाटेको जिन्स युवापुस्ताको पहिलो रोजाइमा पर्न थालेको छ।

अमेरिकास्थित लस एन्जलसको एक ‘जिन्स फेसन कम्पनी’ले पूरै फाटेको पाइन्ट बजारमा ल्याएको छ। जुन जिन्स पाइन्ट अगाडि- पछाडि र घुँडामा फाटेको मात्रै होइन गोजी,जिपर र कम्मरको बेल्ट बाध्ने भाग मात्रै सद्धे रहेको छ।यो जिन्स पाइन्टको मूल्य १६८ अमेरिकन डलर अर्थात १७ हजार रुपैंया भन्दा ज्यादा पर्छ।

सामाजिक संजालमा भने यो पाइन्टको बारेमा मिश्रित प्रतिक्रिया आएका छन्। कसैले यसलाई आकर्षक मानेका छन् भने केहिले जिन्स पाइन्टको बेइज्जतको भन्दै ट्रोल बनाएका छन्।

ल हेर्नुहोस थप तस्विर

BRING IT ON 💥 #day2 #carmardenim #saturdaze

A post shared by CARMAR Denim (@carmardenim) on

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: