Todays Nepal
No1 Nepal's Complete News Sites

विप्लवको बन्दमा देशैभर विस्फोटका घटना र आगजनी, हेर्नुहोस् कहाँ के भयो ?

9,219

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ।

काठमाडौँबाट दाङ आउँदै गरेको एउटा यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको छ । शनिबार बिहान रा ६ ख ३९७० नम्बरको मालीका कालीका प्रालिको बसमा पेट्रोल प्रहार भएको प्रालिका अध्यक्ष सुमन पोखरेलले जानकारी दिए। दुई जनाको टोलीले कपिलबस्तुको गोरूसिङ्गे र चार नम्बरको बिचमा पर्ने बन्गैं भन्ने स्थानमा पेट्रोल बम प्रहार गरेको थियो।

अज्ञात समूहको खोजी कार्य भरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विप्लप समूहले प्रेट्रोल प्रहार गरेको हुन सक्ने बताएको छ ।

दुई जनाको सङ्ख्यामा रहेका अज्ञात व्यक्तिले गुडिरहेको बसमा पेट्रोल बम प्रहार गरेका थिए। बम प्रहार गरे लगतै चालकको पछाडिको भागमा आगो लागेको थियो। ‘ड्राइभरको पछाडिको एक र दुई नम्बर सिटको नजिकको बढीमा ह्वाहार्ती आगो लागेपछि यात्रु र गाडीका स्टाफको प्रयासले आगो निभाइएको हो,’ अध्यक्ष पोखरेलले भने।

उक्त बसका चालक चन्द्रबहादुर डाँगीले यात्रुले बसको बढीमा लागेको आगो चलाखी पूर्वक तत्कालन मिनरल वाटर हालेर निभाएको हुँदा ठुलो क्षतिबाट जोगिएको बताए।

रुपन्देहीमा विप्लवको बन्दका कारण जनजीवन प्रभावित

रुपन्देहीमा विप्लवको बन्दका कारण आज बिहानैदेखि जनजीवन प्रभावित भएको छ। यस क्षेत्रमा आज सार्वजनिक सवारी साधन बिहानैदेखि चलेका छैनन्। केही मोटरसाइकल र सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सवारी साधन मात्रै सडकमा फाट्टफुट्ट चलेका छन्।

सडकमा सामान्य दिनमा भन्दा केही बढी प्रहरी परिचालन गरिएको छ भने नेकपाका कार्यकर्ता भने देखिएका छैनन्।

दाङमा पनि जनजीवन प्रभावित

यसै गरी विप्लवको बन्दले दाङको जनजीवन प्रभावित भएको छ । यातायात, कलकारखाना, बजार ठप्प छन् । फाट्टफुट्ट रूपमा मात्रै साना सवारी साधन सञ्चालनमा आएका छन् ।

झापाबाट पाँचथर हिँडेको गाडीमा आगजानी

विप्लव नेतृत्वको कार्यकर्ताले शनिबार बिहान प्याज बोकेको गाडीमा आगजनी गरेका छन् । झापाबाट पाँचथरतर्फ गइरहेको को १ ज ८७१५ नम्बरको गाडीमा मेची राजमार्गमा पर्ने सानवीरेमा आगजनी गरेका हुन् ।

बन्दको अवज्ञा गरेको भन्दै गरिएको आगजनीबाट गाडीको अगाडिको भाग जलेको छ । पिक अप प्याच बोकेर पाँचथरतर्फ गइरहेको थियो । प्रहरीका अनुसार शनिबार बिहान ४ बजे पाँच जनाको समूहले गाडी रोकी आगजनी गरेको हो ।

कालीका कन्स्ट्रक्सनको कार्यालयमा बम विस्फोट

नेपालगन्जका कालीका कन्स्ट्रक्सन प्रालिको क्षेत्रीय कार्यालयमा बम विस्फोट भएको छ । गएराती बाँकेको शम्शेरगन्जमा रहेको कन्स्ट्रक्सन कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएका हुन् ।
कम्पनीको सिन्धुली कार्यालयमा पनि केही पहिले अज्ञात समूहले नै विस्फोट गराएको थियो । बम विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गराएको हुन सक्ने आशंका गरिएको छ ।

विप्लवका दुई कार्यकर्ता पक्राउ

विप्लवका दुई कार्यकर्ता पक्राउ दुई कार्यक्रता पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुईजना कार्यकर्ता पक्राउ गरे हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं। १६ निवासी २० वर्षीय अर्जुन सुनार र तुलसीपुर १५ निवासी १७ वर्षीय जनार्दन बोहोरा रहेको प्रहरीले जानकारी दिए । उनीहरूलाई शुक्रवार साँझ मशाल जुलुस प्रदशनको क्रममा तुलसीपुरवाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: