Todays Nepal
No1 Nepal's Complete News Sites

दिनदहाडै दरबारमार्गको ‘नाईट क्विन’ डान्सबार भारतीय पर्यटकमाथि यसरी भयो लुटपाट

9,804

नारायणहिटी दरबार संग्राहालयको उत्तर गेटमा रहेको ‘नाईट क्विन’ नामक डान्सबारमा भारतीय पर्यटकमाथि दिनदहाडै लुटपाट भएको छ ।

डान्सबारस्थित रेष्टुरेण्टभित्र बन्द कोठामा राखेर भारतीय नागरिकहरु मोहम्मद मुस्लिम र मोहम्मद तारिकाको साथमा रहेको पैसा, घडी, मोबाईल तथा सुनका सिक्री लुट्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई उद्दार गरेको छ ।

‘घटननमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी वृत दरबारमार्गका प्रमुख (डिएसपी) दान बहादुर मल्लले भने, ‘डान्सबारको मेनेजरलाई पनि नियन्त्रणमा लिएका छौं, थप अनुसन्धान भईरहेको छ ।’

प्रहरीले डान्सबारका मेनेजर किशोर महर्जनसहित लुटपाटमा संलग्न आशिष सिलवाल र सुनिल पराजुलीलाई पक्राउ गरेको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: