Todays Nepal
No1 Nepal's Complete News Sites

दाङ जाँदै गरेकोको यात्रुबहाक बसमा पेट्रोल बम प्रहार

8,686

काठमाडौंबाट दाङ जाँदै गरेको एउटा यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको छ । रा ६ ख ३९७० नम्वरको मालिका कालिका प्रालिको बसमा शनिबार बिहान ५ बजेतिर अज्ञात समूहले कपिलबस्तुको गोरूसिङ्गे र चार नम्वरको विचमा पर्ने बन्गैं भन्ने स्थानमा पेट्रोल प्रहार गरेका हुन् ।

यात्रुको प्रयासले सम्भावित क्षति भने टरेको छ । बम प्रहार गरे लगतै चालकको पछाडिको भागमा आगो लागेको थियो। ‘ड्राइभरको पछाडिको एक र दुई नम्वर सिटको नजिकको बडीमा ह्वाहार्ती आगो लागेपछि यात्रु र गाडिका स्टापको प्रयासले आगो निभाइएका थिए ।

‘नेपाल कम्यूनिष्ट पार्टीको पनि नेपाल बन्द र अर्को तर्फ यातायात समितिहरु पनि आन्दोलनमा छन्। त्यसैले कस्ले पेट्रोल बम प्रहार गरेको हो भन्ने पत्ता लागेको छैन् । बस अहिले गोरूसिङेमा राखिएको छ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: