Todays Nepal
No1 Nepal's Complete News Sites

वैज्ञानिकहरुले गरे दाबी, शुक्र ग्रहको बादलमा एलियन हुन् सक्ने !

8,696

पृथ्वीको छिमेकी ग्रह अर्थात नजिकको ग्रहमा एलियन हुन् सक्ने वैज्ञानिकहरुले दाबी गरेका छन् । हाम्रो सौर्यमण्डलको सबैभन्दा चम्किलो ग्रह शुक्रमा आज भन्दा करिब दुई अरब वर्ष अघि पानी तरल रुपमा रहेको तथ्य केही अध्ययनहरुले देखाएको छ । यसको मतलब मङ्गल ग्रह भन्दा वर्षौं पहिले शुक्र ग्रहको वातावरण जीवनको लागि अनुकूल थियो । यसकै आधारमा वैज्ञानिकहरुले शुक्र ग्रहमा सूक्ष्म जीवहरुको प्रजाति विकसित भएको हुन् सक्ने अनुमान गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियाको पोमोनास्थित क्यालिफोर्निया स्टेट पोलिटेक्निक युनिभर्सिटीका प्रोफेसर राकेश मोगुलले भने, “पृथ्वीमा विपरित परिस्थितिमा पनि सूक्ष्म जीव विकास हुन्छ । विगतका अनुसन्धानहरुमा पनि अम्लीय वातावरणमा पनि जीवन सम्भव हुन् सक्ने तथ्य पाईएको थियो । यसबाट विकसित भएका सूक्ष्म जीवले कार्बनडाईअक्साइड ग्रहण गरी सल्फ्युरिक अम्ल उत्पन्न गर्छ । ठीक यसै गरी शुक्र ग्रहको बादल र अम्लीय वातावरणमा कार्बनडाईअक्साइडको साथ सल्फ्युरिक एसिड पानीको थोपाको रुपमा रहेको छ ।”

सन् १९६२ र १९७८ को बीचमा शुक्र ग्रहको अध्ययनको लागि लन्च भएका विभिन्न अभियानहरुबाट ग्रहको सतहको औसत तापमान ४५० डिग्री सेल्सियस भन्दा माथि थियो । तर यसको वायुमण्डलको बीचको हिस्सा यानी ४०-६० किलोमिटरको उचाईको बीचमा सूक्ष्म जीव उत्पन्न हुन् सक्छ ।

साथै शुक्र ग्रहको बादलमा सल्फ्युरिक अम्ल र प्रकाश अवशोषण गर्ने कणहरुबाट बनेको कालो धब्बा पनि पाईएको छ । उक्त प्रकाश अवशोषण गर्ने ब्याक्टेरियाहरु पृथ्वीमा पनि पाइन्छ । वैज्ञानिकहरु अनुसार उक्त सूक्ष्म जीव अल्गी पनि हुन् सक्छ । यसको बारेमा अधिक जानकारीको लागि बादलको नमुनाको जरुरत पर्ने वैज्ञानिकहरुले बताएका छन् । शुक्रसँग सम्बन्धित यस रोचक जानकारीले अन्तरिक्षमा जीवनको सम्भावनाको नयाँ अध्याय खोलेको छ । एजेन्सी

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: