Todays Nepal
No1 Nepal's Complete News Sites

राजधानीमै यस्तो छ हालत भने कसरि पुग्ला र तिम्रो सिंहदरवार गाउँगाउँमा

9,007

सरस्वती अधिकारी (खुशी) | राजधानी देशको सबैभन्दा विकसित सहर जहाँ, पुर्वमेची देखि पश्चिम महाकाली सम्मका जनताहरु वसोवास गर्छन | हजारौं मान्छेहरु आफनो भविष्य उज्ज्वल बनाउन लागि दूरदराजका वस्तीदेखि राजधानी आउने गर्छन | उच्च शिक्षा होस् या राम्रो जागिर अनि सुखद जीवनयापन गर्न कै लागी नै किन नहोस उनीहरुले सबै भन्दा उत्तम थलो राजघनीलाई नै देख्ने गर्छन |

तर विडम्बना, यही राजधानी अथार्त काठमाडौँको परिवेश अथवा अवस्था केलाइरहदा के लाग्छ भने यो देशको सबैभन्दा अविकसित ठाउँ हो र यँहा कुनै पनि विकास गर्ने निकाय नै छैन् | सडक होस या खानेपानी नै किन नहोस् ,अव्यवस्थित दल होस् या फोहोर नै किन नहोस अस्तव्यस्त छ |

सडक कै कुरा गरौ घाम लाग्दा उकुसमुकुस हुने घुलो हुन्छ, जस्ले गर्दा सास फेर्न समेत हम्मे हम्मे पर्छ | त्यस्तै पानी पर्दा हिलाम्मे बनिदिन्छ सडक | कतै डुब्ने पो होकी, कतै चिप्लिएर लड्ने पो होकी भन्ने त्रास आम यात्रुमा रहेको छ | हिलो पनि यति सम्मको दल दल हुन्छ कि किसानले रोपाइँको लागि तयार पारेको खेत पनि

यति दल दल हुन्न होला ? जबकी त्यो हिलो पार गर्दा यात्रुलाई सबैभन्दा ठुलो सफलता मिलेको महसुस भैदिन्छ | कहिले ढल निकासको नाममा भत्काईछ त कहिले खानेपानी पाइपलाइनको नाममा, भत्काईसकेपछाडी बनाउने कुरा त एकादेशको कथा नै हो त्यसै नै अलपत्र छाडिदिन्छन् | यही पनि बल्ल बल्ल एउटाले पुरेको हुन्छ फेरी अर्कोले आएर भत्काउन सुरु गरिहाल्छ | यसको कुरा के गरि साध्धे छ र ?

त्यस्तै खानेपानी कै कुरा गरौ आजपनि राजधानीकै कतिपय ठाउँहरुमा पानीको हाहाकार नै मच्चिरहेको अवस्था छ | कतै कतै पानि पाइहाले पनि अशुद्ध पानी विचरा राजधानीबासि त्यही पानी पनि पिउन बाघ्य छन | सरकार मेलम्चीको कुरा गर्छ यता राजधानी वासीको मुख रसाउँछ, प्यास मेटिने कहिले हो रुथाहा छैन |

ढलको त के कुरा गर्नु र कुरा गर्दै गनाउछ | कलकल बग्ने बागमती र विष्णुमति होइन कलकल बग्ने ढलमतिको अवस्था छ | अनि त्यसै माथि फोहर थुपारीदिदा त् झन सुनमा सुगन्ध भनेझैँ दुर्गन्ध माथि दुर्गन्ध ! हावा, पानी देखि लिएर पुरै वातावरण नै प्रदूषणको उच्च घेरामा रहेको छ |

अब तपाई आफै मूल्यांकन गनुहोस्, के नेपालमा विकासको गरे कुनै निकाय छ र ? शिक्षा ,स्वास्थ्य, राजनीति ,आथिर्क ,भौतिक सामजिक सबै क्षेत्र अस्थव्यस्त बनेको छ | त्यसैमा बढ्दो सहरीकरण अनि अव्यवस्थित घर निर्माण जता हेर्यो त्यतै भताभुङ्ग र लथालिङ्ग देखिन्छ | कुरा के गर्नु र ? उफ !

निकाय छैन भनौं भने दिनहुँजसो सम्वृद्धिका भाषण सिंहदरवार र संसद भवनभित्र गुन्जिरहेको हुन्छ | त्यसको पनि बाहिर निस्कन नपाउदै सिंहदरवार भित्र निसास्सिएर मरण हुन्छ |

कहिले सुनिन्छ, नेपालमा रेल आउँछ रे, कहिले सुनिन्छ चन्द्रमामा रकेट पठाउने अरे, अनि कहिले सुनिन्छ सुइजरल्याण्ड बनाउने कुरा | तर विडम्बना कहिले सुनिएन ढल व्यवस्थापनका कुरा ढिलो नियन्त्रणका कुरा | सुनिएपनि एकदिन संसद थर्किन्छ मात्र कार्यान्यन हुदैन |

जब चुनाव आउछ अनि लाग्छ कि मेरो देशले काँचुली नै फेर्दै छ | अब विकासका ढोकाहरु खुल्ला भए भनेर | हुन पनि हो त्यतिबेला दूरदराजका वस्तीसम्म ती नाराहरु गुन्जायमान हुन्छ | अनि फेरी ती सोझा जनताले विश्वास गर्न बाध्य हुन्छन् | झन् तिनले तयार पारेका घोषणा पत्र हेरिसकेपछी त झन् विश्वास नलाग्ने पनि कसरि होला ?

अनि घोषणा पत्र पढीसके पछाडी भोट नदिई पनि कसरि बस्न सकिन्छ र ?

जब चुनाव आउछ अनि भोट माग्नकै लागी दुरदराजमा विकासको एजेन्डा बोकेर पुग्छन्, यस्तो गर्छु, उस्तो गर्छु भनि सोझा जनतालाई प्रलोभन देखाउन सारै खप्पिस छन् हाम्रा नेताहरु | जनताको मन जितेरै छाड्छन् |

अनि जब चुनाव जितिन्छ नि तव न नेता फर्किन्छ न त नेताको चुनावी घोषणा पत्र नै काम लाग्छ | जनतामाथि घात र प्रतिघात हुन्छ | जित्नेहरु ऐसआराम र विलासीता को भुमरीमा हराइसकेका हुन्छन्, भने हार्नेहरु मलाई जिताएको भए यस्तो गर्थे त्यस्तो गर्थे भनि जनतालाई आश्वासन दिलाउन र प्रतिपक्षमा बसेर खुट्टा तान्ने काम नै व्यस्त हुन्छन् |

यसरि एकअर्कालाई आरोप र प्रत्यारोप लगाउदैमा अवधि सकिन्छ | अनि फेरी त्यहि प्रक्रिया दोहोरिन्छ, चुनाव आउछ दुर दराजमा पनि सम्वृद्दीको नाराहरु गुन्जाएमान बनिदिन्छ अनि फेरी अर्कोले जित्छ, तर हालत उही भइदिन्छ |

सत्ता र भत्ताको बिचको द्वन्द्व हुन्छ अनि त्यहि द्वन्द्व बिचमै टुंगिन्छ सम्वृद्धिका नाराहरु | के सत्ता र भत्ताको खेल नै सम्वृद्धि हो ? होइन भने तिमीले भोट माग्दा भनेको सम्वृद्धि दुर दराजका वस्तीहरुमा कहिले आउँछ ? राजधानीकै हालत यस्तो दयनीय छ भने अलिकति पनि सोच्ने शक्ति तिमी नेताहरुमा छ भने सोच टि दुर

दराजको वस्ती कतातिर गुज्रिएको छ होला ? कहिल्यै कल्पना गर्छौ टि वस्तीहरुको ? के चुनाव जित्नकै लागी हो तिमीहरुको घोषणा पत्र अनि त्यस भित्रका विकास एजेन्डा ? तिमि त चिल्ला कार चद्छौ न कुनै अवरोध न कुनै समस्या नै जेल्नु पर्छ | किनकि तिमि पंहुचवाला हौ उस्तै परे पुरै बाटो नै रोकेर सवारी गर्छौ | समस्या त ती जनतालाई छ जसले तिमीलाई सामान्य जीवनबाट कार चड्ने त्यो हैसियतमा पुर्याए |

तर तिमीले त्यो बुझ्न पनि सकेनौ र बुझ्न पनि चाहेनौं, कतिले त बुझेर पनि बुझ पचाए |

गाउँगाउँमा सिंहदरवार पुग्छ भन्थ्यौ, राजधानी भित्र त यस्तो हालत छ भने कसरि पुग्ला र तिम्रो सिंहदरवार गाउँगाउँमा ? दुरदराजको कुरा त के गर्नु राजधानीसँगै जोडिएको जिल्लाको अवस्था त नाजुक छ भने ? तिम्रो सम्वृद्धिको नाराहरु कसरि पुग्लान र ती विकट वस्तीहरुमा ? अँह पत्याइन मैले त !

तिमी जनप्रतिनिधिहरु त मस्त निन्द्रामा छौ | जबसम्म तिम्रो अवधि सकिदैन तबसम्म तिम्रो निन्द्राले तिमीलाई छोड्दैन | अनि त्यति बेला फेरी उही परिवेश दोहोरिन्छ |

कहिलेसम्म मस्त निद्रामा पर्छौ तिमी ? अनि ती सम्वृद्धिका नाराहरु कहिले बिउंझन्छन् ? जनाताहरु कुरेर बसिरहेका छन् | कहिलेसम्म कुराउछौ ? ती टोलाइरहेका ती आखाहरू बन्द हुनुभन्दा पहिले तिम्रा सम्वृद्धिका नाराहरु पुगोस् ती दुर दराजमा | आशहरु निरास नबनुन् मेरो भन्नु यत्ति नै हो |

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: