Todays Nepal
No1 Nepal's Complete News Sites

पत्रकारलाई लात्ती प्रहार गर्ने एसएसपी लोहानीलाई कारवाही गर्न माग

24

समाचार संकलनमा खटिएका नेपाल पत्रकार महासंघका सल्लाहकार अनन्तराज न्यौपानेसहित ४ पत्रकारलाई साढे ३३ किलो सुन तस्करी काण्डमा मुछिएका नेपाल प्रहरीका एसएसपी दिवेश लोहनीले गाली गलौजसहित लात्ती प्रहार गरेको घटनाको विरोध भएको छ।

बुधबार नेपाल पत्रकार महासंघ मोरङले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको ज्याजतिको निन्दा गरेको हो। बुधबार जारी गरेको विज्ञप्तिमा न्यौपानेसहित नेपाल पत्रकार महासंघ मोरङ कार्यसमिति सदस्य ध्रुव भट्टराई, अनिल श्रेष्ठर सुमन सुस्केरालाई गालीगलौज गर्दै लोहनीले लात्ती प्रहार गरेको उल्लेख छ।

गम्भीर घटनामा मुछिएका अभियुक्तले जिल्ला अदालत मोरङ परिसरमै पत्रकारमाथि गरेको दुव्र्यवहार र आक्रमण प्रेस स्वतन्त्रतामाथिकै हमला भएको ठहरसहित महासंघले लोहनीमाथि थप कारबाही गर्न सरकारसँग माग गरेको छ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: