Todays Nepal
No1 Nepal's Complete News Sites

“नकारात्मक प्रतिक्रिया आएपनि तिर्सनाको रोल गरेकोमा कुनै पछुतो छैन” – ऋचा

9,006

चलचित्र ‘कोहलपुर एक्सप्रेस’मा बिवादित मोडल तिर्सना बुढाथोकीको भूमिकामा देखीएकी ऋचा शर्माले दर्शकको नकारात्मक प्रतिक्रिया आएपनि आफुलाई कुनै पछुतो नलागेको बताएकी छन् । ट्रेलर रिलिज ताका चर्चीत बनेकी ऋचाले उक्त फिल्ममा निभाएको भूमिकाले फिल्मको प्रदर्शन पश्चात भने केही आलोचना खेप्नु परेको छ ।

यसअघिका फिल्महरुमा बोल्ड भूमिकामा देखींदै आएकी ऋचाले चलचित्र ‘कोहलपुर एक्सप्रेस’मा बिवादित मोडल तिर्सना बुढाथोकीको हाउभाउमा अभिनय गरेकी छन् । उनको अभिनयले मनोरञ्जन त दिन्छ नै तर बेला बेला उनको अभिनय ओभर देखिन्छ ।

यस्तो भुमिका आफुलाई नसुहाउँने महसुस गरेकी ऋचाले आगामी दिनमा यस्तो भुमिकामा काम नगर्ने बताउँदै तिर्सनाको क्यारेक्टर अरुको चलचित्र भएको भए नगर्ने तर केकी अधिकारीको लागि कोहलपुर एक्सप्रेसमा गरेको बताएकीछिन् । यद्यपी केकीको लागि चलचित्र र सफलताबाट खुसी ऋचा भन्छिन् “समिक्षकको नकारात्मक प्रतिक्रियाप्रति कुनै गुनासो छैन र मलाई यो रोल गरेकोमा पछुतो चाहिँ छैन” ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: