Todays Nepal
No1 Nepal's Complete News Sites

मोदी नेपाल आउनु भन्दा पहिला नै देखियो माइतीघरमा यस्तो भब्य स्वागत

10

काठमाडौं – कञ्चनजंघा सोसल वेलफेयर फाउण्डेशन र मिडिया कन्सलटेन्सीद्धारा आज काठमाडौंको माईतीघर मण्डलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफलताको कामना गर्दै विशेष कोणसभा गरेको छ ।

बुधबार फाउण्डेशका प्रमुख रहेका विकास ठाकुरको संयोजकत्वमा युवाहरुले ‘नेपाल–भारत सम्बन्ध अमर रहोस’ भन्ने टिसर्ट लगाएर मोदीको दुई दिने नेपाल भ्रमणको पूर्ण स्वागतको सांकेतिक प्रर्दशन गरेका हुन् ।

युवाहरुले पहिरिएको टिसर्टमा भनिएको छ,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूमा जानकी र बाबा पशुपतिनाथको पावन हार्दिक स्वागत गर्दर्छौं।’

उक्त फाउण्डेशनले भोलि दिउँसो चार बजे गौशलास्थित् पशुपतिनाथ मन्दिर परिसरमा पनि मोदीको भ्रमणको स्वागत र सफलता कामना गर्दै सांकेतिक प्रर्दशन गर्ने कार्यक्रम रहेको संयोजक ठाकुरले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदी यही बैशाख २८ गते दुई दिने भ्रमणमा नेपाल आउँदैछन् । नेपाल भ्रमणको क्रममा उनी जनकपुरको जानकी मन्दिर र मुक्तिनाथ पनि जाने कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: