Todays Nepal
No1 Nepal's Complete News Sites

पत्नीले अरूलार्इ किस गर्दा, नाङ्गै हुँदा खुसी हुने यी हुन पति

9,036

विवाहपछि प्रय सबै नायिकाहरू बदलिन्छन् । कति नायिकाले त फिल्म क्षेत्र नै छाड्ने गरेकाे पाइन्छ । कतिको त फिल्ममा बिबाह गरे जस्तै नै बनिदिन्छ । विवाह लामो समयसम्म टिक्न सक्दैन।

तर बलिउड फिल्म ‘हेट स्टोरी २’ की नायिका सुरवीन चावलाले जनवरीमा आफ्नो विवाहको खुलासा गरेर सबैलाई चकित बनाएकी थिइन् । उनले आफ्नो पूरानो प्रेमी अक्षय ठक्करसँग इटालीमा विवाह गरेकी थिइन् ।

विवाहपछिको पहिलो अन्तर्वार्तामा आफ्नो करियर, विवाह र पतिको बारेमा कुरा गरेकी छिन् । जसमा उनले आफूले चलचित्रमा नग्न भए पनि पतिलाई कुनै आपत्ति नभएको बताएकी छिन् । सुरवीनका अनुसार उनका पति उनको सबै निर्णयको समर्थन गर्छन् ।

सुरवीनले अन्तर्वार्तामा विवाहपछि पनि उनको जीवनमा कुनै तात्विक परिवर्तन नआएको बताइन् । ‘मेरो विवाहको कुरा सुनेर मानिसहरु यति आश्चर्यचकित किन छन् ?’, उनले भनिन्, ‘अब ती दिन गए जब नायिकाहरु आफ्नो करियरमा सफल भएपछि मात्र विवाह गर्थे । कयौँ नायिकाले विवाह पनि सफलता हासिल गरेका छन् ।’

‘विवाह र करियर दुई फरक–फरक कुरा हुन् । यसलाई एक अर्कासँग जोड्न मिल्दैन । मानिसहरूले यो कुरा बुझ्नुपर्छ’, उनको भनाई थियो । यदी सही व्यक्ति पाए, विवाह गरिहाल्नुपर्ने उनको जिकिर थियो । सुरवीनले आफ्नो सम्बन्धमा निकै उतारचढाव भोगे पनि विवाह गर्ने उनको निर्णय सबैभन्दा सही भएको बताइन् ।

‘म चलचित्रको स्क्रीप्ट अनुसार कोस्टारलाई किस गर्छु या नग्न दृश्य दिन्छु, मेरो पति यसबारे केही पनि आपत्ति जनाउँदैनन् । यो हाम्रो समझदारी हो । यदी यसमा मलाई मेरो पतिले साथ दिइरहेका छन् भने विवाह गर्न किन ढिला गर्नु ?’, उनको भनाई थियो ।

उनले आफ्नो पति निकै बुझ्ने भएको पनि बताइन् । ‘उनले मेरो हरेक काममा समर्थन गर्छनु । यो भन्दा बढी जीवनमा के चाहियो ?’, उनले भनिन्, ‘यदी प्रोजेक्ट राम्रो भयो भने उनले नै मलाई त्यो गर्न प्रेरित गर्छन् ।’

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: