Todays Nepal
No1 Nepal's Complete News Sites

सन्दिपले लामिछाने खेल्न नपाएको टिम दिल्ली हिजो राती चमत्कार गर्दै २ स्थानमाथी उक्लियो

9,279

आइपिएल क्रिकेट अन्तर्गत बुधबार भएको ३२ औं खेलमा दिल्ली डेयर डेभल्सले राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको छ |

खेलमा टस जितेर पहिले फिल्डीङ रोजेको राजस्थानलाई दिल्लीले आकर्षक खेल खेल्दै १७.१ ओभरको खेलमा १९६ रन बनाउँदै गर्दा पानी परेपछि खेल रोकिएको थियो | पछी खेल १२ ओभरमा झार्दै राजस्थानले १२ ओभरमा १५१ रनको लक्ष्य पछ्याउनु पर्ने भयो |

उक्त लक्ष्यलाई पछ्याउने क्रममा राजस्थानले आक्रामक ब्याटिङ गरेको थियो | जसको कारण १२ ओभरको खेलको अन्तिम बलमा जितका लागि ६ रन मात्र आवश्यक रहँदा राजस्थानले २ रन मात्र बनाउन सक्दा दिल्ली ४ रनले जित्न पुग्यो | राजस्थानका लागि ओपनर डी आरसी सर्टले २५ बलमा ४४ रन बनाए | तर उनीसंगै ओपनरको रुपमा आएका जोस बटलरले २६ बलमै ६७ रन जोदेपछी दिल्लीलाई खेलमा निकै अफ्ट्यारो पारेको थियो | बटलरले २५७.६९ स्ट्राइकरेटका साथ आक्रामक पारी खेलेपछि खेल दिल्लीको हातबाट झन्डै फुत्किसकेको थियो तर उनि आउट भएपछी दिल्लीलाई केहि राहत मिल्यो | तेश्रो ब्याट्सम्यानका रुपमा आएका सन्जु सामसनले ५ बलमा ३ रन मात्र जोड्न सके | चौथा ब्याट्सम्यानका रुपमा आएका बेन स्टोक्स पनि १ रन बनाएर आउट भए | त्यसपछि आएका राहुल त्रिपाठीले ९ रन बानाए भने कृष्णपा गौतमले नट आउट ६ बलमा १७ रन जोडे | खेलमा गौतम दिल्लीका लागि भारी सावित हुन सक्थे किनकी गौतमको हातमा १ बल खेल्न बाँकी छँदा जितका लागि राजस्थानले ६ रन मात्र ल्याउनुपर्ने थियो तर २ रन मात्र जोड्दा दिल्लीले जित्न पुग्यो |

खेलमा राजस्थानको विकेट लिने क्रममा ट्रेन्ट बोल्टले २ विकेट लिए भने अमित मिश्र र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए | यस अघि पहिले ब्याटिङ गर्ने क्रममा दिल्लीका ओपनर पृथ्वी सावले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ४७ रन जोडेका थिए | सावसंगै ओपनर ब्याट्सम्यान कोलिन मुनरोभने पहिलो बलमै बिना रन आउट भए | मुनरो आउट हुँदा दिल्लीले जम्मा १ रन जोडेको थियो |

त्यसपछि आएका दिल्लीका कप्तान श्रेयस यैएरले कप्तानी पारी खेले उनले आजको खेलमा अर्धसतक बनाए | उनले ३५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५० रन जोडेका थिए | त्यसपछि चौथो ब्याट्सम्यानका रुपमा आएका रिशब पन्तले ६९ बनाए | पन्तले २९ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए |

त्यसपछि आएका ग्लेन म्याक्सवेलले ५ बलमा ५ रन बनाएर आउट भए भने विजय शंकर ६ बलमा १५ रन बनाई आउट भए | त्यतिबेलासम्म दिल्लीले १९६ रन जोडेको थियो |

बर्षाको कारण १८ ओभरमा समेटिएको खेलमा दिल्लीले १७.१ ओभरको खेलमा ब्याटिङ गर्दै गर्दा फेरी बर्षा हुनपुग्यो त्यसपछि खेललाई घटाई १२ ओभरमा झारियो र १५१ रनको लक्ष्य दिईएको थियो | दिल्लीको विकेट लिने क्रममा राजस्थानका जयदेव उनदकडले ३ विकेट लिए भने धवल कुल्करनी, जोफ्रा आर्चर र श्रेयस गोपालले १/१ विकेट लिएका थिए |

आजको खेल जित्दै दिल्ली आठ टिम रहेको आइपिएल सिजन ११ को छैटौं स्थानमा उक्लिएको छ | ६ प्वाइन्ट पाएको दिल्ली भन्दा अगाडी रोयल च्यालेन्जर्स ब्यांग्लोर पाँचौं स्थानमा छ |

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: