Todays Nepal
No1 Nepal's Complete News Sites

सलमान जेल जाँदा खुसी हुने हिरोइनले बिहेको १ वर्षमै पतिलाई घरबाट निकालिन्

9,041

चर्चित हिरोइन तथा मोडल सोफिया हयात फेरि चर्चामा आएकी छिन् । बलिउड सुपरस्टार सलमान खान जेल जाँदा खुसी भएको म्यासेज शेयर गरेर चर्चामा आएकी सोफिया पुनः चर्चामा आउनुको कारण उनको वैवाहिक सम्बन्ध हो । उनले बिहे गरेको १ वर्ष नबित्दै उनको विवाह टुटेको छ ।

बिगबोसकी प्रतियोगी रहिसकेकी सोफियाले आफ्ना पति भ्लाद स्टेन्श्युलाई घरबाटै निकालिदिएको खबर छ । यतिमात्र होइन सोफियाले आफ्नो बच्चा पनि गुमाएको रिपोर्टमा जनाइएको छ । सोफिया पछिल्लो समय न्यूयोर्कमा छिन् । उनले आफ्नो इन्स्टाग्राममा आफ्ना पतिसँग सम्बन्ध सकिएको जानकारी दिएकी छिन् । यतिमात्र होइन उनले आफ्ना पतिलाई राक्षस र चोर समेत भनेकी छिन् ।

सोफिया र भ्लादको बिहे गत वर्षको मार्चमा भएको थियो । त्यतिबेला उनी गर्भवती थिइन् । एक मिडियालाई दिएको अन्तरवार्तामा सोफियाले आफ्नो गर्भको बच्चा खेर गएको बताएकी छिन् । यद्यपि बच्चा के कारणले खेर गयो भन्ने जानकारी आएको छैन । सोफियाले आफ्ना पतिसँग सम्बन्ध सकिएको इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । भ्लादले आफूसँग झुट बोलेको उनले बताएकी छिन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: