Todays Nepal
No1 Nepal's Complete News Sites

स्कुले विद्यार्थी बोकेको मकालु बसलाई ट्रकले दियो ठक्कर, ४० जना घाइते

9,016

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाइते भएका छन् । घटना हो बाराको चुरीयामाइको । झापाबाट स्कुले विद्यार्थी बोकेर आएको मे १ ख २४२९ नम्बरको मकालु बसलाई ना ५ ख ३५८२ नम्बरको ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवापनुरका निमीत्त प्रहरी प्रमुख दिलीपराज झाका अनुसार नेल्टा झापाको एक्सेस कार्यक्रम अन्तर्गत पोखरामा हुने एक्सेस कार्यक्रममा जान लागेका स्कुले विद्यार्थीहरु बिहान २ बजे दुर्घटनामा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवापनुरका अनुसार घाईते मध्ये एक जनाको काठमाडौं, ६ जनाको भरतपुर र अन्य ३३ जनाको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: