Todays Nepal
No1 Nepal's Complete News Sites

कोटेश्वर-कलंकी सडक ३ महिनामा

9,010

चीन सरकारको अनुदान सहयोगमा निर्माणाधीन कोटेश्वर-कलंकी सडकको नब्बे प्रतिशत काम सकिएको छ । आउँदो तीन महिनाभित्र पूरै सक्ने लक्ष्य छ । यससडक अन्तर्गत कलंकी चोकमा भूमिगत बाटो (अन्डर पास) समेत दुईतर्फी रुपमा छिचोलिएको छ ।

यो दृश्य काठमाडौं-कलंकी चोकको हो । कलंकीमा हुने अत्यासलाग्दो सवारी जाम घटाउन बनाइएको ८ सय मिटरको अन्डर पास वे अर्थात् सव टनेल दुईतर्फी छिचोलिएको छ ।

निर्माणाधीन अवस्थामै आकर्षक देखिने यो पास वे को काम सकिएपछि बल्ख-ु बालाजु रुटका सवारी साधन यहीँबाट गुड्नेछन् । सव वे छिचोलिएसँगै चीन सरकारको ५ अर्ब रुपियाँ अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर कलंकी सडक आउँदो तीन महिनाभित्र सम्पन्न भइसक्ने आधार तयार भए हो । पहिलो चरण अन्तर्गत कोटेश्वरदेखि कलंकीसम्मको करिब साढे १० किलोमिटर सडकको २०६९ सालबाट चिनियाा कम्पनीले निर्माण थालेको हो । पहिलो चरणको काम सकिए लगत्तै कलंकी – महाराजगञ्जको ८ दशमलव २ किलोमिटर सडक पनि चिनियाँ अनुदानमै ८ लेनको बन्दैछ । पहिलो चरणको ५ वर्षे निर्माण अनुभवबाट दोस्रो चरणको काम थप व्यवस्थित हुने परियोजना व्यवस्थापकको भनाइ छ ।

भूकम्प र नाकाबन्दीका कारण लक्ष्य भन्दा १८ महिना ढिलो सकिन लागेको ८ लेनको कोटेश्वर कलंकी सडक पनि निकै आकर्षक बनेको छ ।

अहिले बल्खु, खसीबजार अन्तर्गत १ दशमलव ४ किलोमिटर सडक स्तारोन्नतीको काम बााकी छ । यो काम मध्य साउनसम्म सक्ने चक्रपथ सुधार आयोजनाले जनाएको छ । पहिलो चरण सकिएलगत्तै दोस्रो चरणको काम थाल्ने योजना छ । यसअघि देखिएका धुलो व्यवस्थापन जस्ता संवेदनशील कमजोरी सुधार्दै दोस्रो चरणको काम गरेमा परियोजना व्यवस्थापकले राजधानीवासीको स्याबासी पाउनेछ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: