Todays Nepal
No1 Nepal's Complete News Sites

अर्चना पनेरुले थालिन् दरबारमार्गमा नयाँ धन्दा

9,017

कुनैबेला पोर्न क्षेत्रमा प्रवेश गर्ने भन्दै निकै अश्लिल तस्विर खिचाएर चर्चामा आएकी अर्चना पनेरु यतिबेला गुमनाम जस्तै छिन् । अश्लिलताका कारण क्षणिक चर्चा कमाएपनि अश्लिलताकै भरमा लामो समय टिक्न नसकेपछि उनी हाल गुमनाम जस्तै भएकी हुन् ।

यतिबेला अभिनयमा टिक्न र बिक्न नसक्ने कलाकारको पहिलो रोजाइको पेसा रेष्टुरेन्ट व्यवसाय रहने गरेको छ । यस्तैमा एक से एक हट दृश्य दिँदा पनि बिक्न नसकेकी अर्चना आफूलाई टिकाउनको लागि दरबारमार्गस्थित एक क्लबमा आबद्व भएकी छन् ।

केही दिन अगाडि मात्र सञ्चालनमा आएको ‘रेड एप्पल नाइट डान्स क्लब’ मा अर्चनाले काम गर्न थालेकी हुन् । उक्त रेष्टुरेन्ट तताउनको लागि अर्चनाको आमा सुनिता पनेरु पनि सँगै रहेकी छन् ।

क्लबमा आउने दर्शकको फर्माइस् अनुसार उनले नृत्य देखाउँछिन् । फर्माइसको नृत्य पाउँदा बारमा आउने ग्राहकले हुस्की र बियरको चुस्कीसँर्गै उनी तिर पैसाका बिटा उठाउने गर्दछन् ।

सिम्पल पहिरनबाट नृत्य सुरु गर्ने अर्चानले रात छिपिँदै गएपछि आफूलाई कामुक रुपमा प्रस्तुत गर्ने गरेको एक ग्राहकले बताए ।

क्लबमा उनी लगायत करिव आधा दर्जन युवतीले डान्स गर्ने गरेका छन् । अन्य क्लबको तुलनामा उनको क्लबमा दर्शकको भिड लाग्ने गरेको पाइएको छ ।

पनेरुले केही समयअघि काठमाडौको नयाँ बसपार्कमा ‘मुन वाकर बार एण्ड क्लब’ मा काम गरेकी थिइन् । केही युवासँगको सहकार्यमा उनले सो क्लब व्यवसाय सञ्चालनमा ल्याए पनि त्यहाँ धेरै समय टिक्न सकिनन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: