Todays Nepal
No1 Nepal's Complete News Sites

बाजुराबाट श्रीमान् भेट्न नुवाकोट आएकी २४ वर्षीया युवती होटलमा मृत फेला

श्रीमानले दिए यस्तो बयान

9,519

बाजुराको स्वामीकात्तिक गाँउपालिका–४ की लक्ष्मी नाथ आज विदुर नगरपालिका–२ स्थित डाइमण्ड होटलमा मृत्त अवस्थामा भेट्टिएकी छिन् ।

नुवाकोट सिटी अस्पतालमा अहेब पदमा कार्यरत श्रीमान नविन नाथलाई भेट्न चार दिनअघि यहाँ आएकी २४ वर्षीया लक्ष्मी अपराह्न होटलको कोठामा मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

होटलमा बस्ने क्रममा आफूसँग सामान्य विवाद भएकाले बाथरुमको धारोमा सलको पासो लगाएर आत्महत्या गरेपछि आफूले त्यहाँबाट उनको शव निकालेर कोठामा राखेको श्रीमान नविनले प्रहरीलाई बताएका छन् ।

घटना शंकास्पद रहेको भन्दै प्रहरीले नविनलाई नियन्त्रणमा लिएको छ । लक्ष्मीको माइतीपक्ष डडेल्धुरबाट आउनेक्रममा रहेकाले शव घटनास्थलबाट उठाउन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: