Todays Nepal
No1 Nepal's Complete News Sites

बिदेसिनेको व्यथाः दश वर्षदेखि जापानमा बेपत्ता !

9,028

काठमाडौँ । २०६५ वैशाख ११ गते ललितपुरको दमकल चोक निवासी सानुलाल महर्जनको परिवार कम्ती खुसी भएको थिएन । त्यस दिन जापान जान खोजेकी कान्छी छोरी सबिनाको ईच्छा पुरा भएको थियो ।

भाषामा निखार ल्याउने र केही रकम कमाउने भन्दै सबिना २०६५ वैशाख ११ गते जापना उडेकी थिईन । एक बर्षभन्दा बढी जाउलाखेलमा रहेको एक ईन्स्टिच्युटमा भाषा सिकेकी १९ बर्षीया सबनाले सुरुमा भिसा पाउने नपाउने निश्चित थिएन । यो खबर आजको नागरिकदैनिकमा प्रकाशित छ ।

जापान भए भाग्य चम्किने भन्दै भिसा प्राप्तिका लागि उनले निकै दौडधुप गरेकी थिईन् । सबिना जापान पुगेको १७ महिनासम्म सोचेअनुसारकै परिस्थिति रह्यो ।

दुई बर्षपछि घर फर्कने भनिरहेकी सबिना जापानमा हराएको खबर एक्कासी पाएपछि निराश भएका परिवारमा १० वर्ष बितिसक्दा पनि खुसी फर्कन सकेको छैन ।

छोरीको खोजीको लागि पटक पटक मन्त्रालयदेखि जापानस्थित नेपाली राजदुतावास र जापनको प्रहरीसमक्ष निवेदन दिईसकेको छु, सानुलालले भने, अहिलेसम्म छोरीको अवस्था के भन्नेबारे कुनै जानकारी पाउन सकिएको छैन ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: