Todays Nepal
No1 Nepal's Complete News Sites

अनमोल केसी इलाममा फुटवल खेल्दै गर्दा भेटीए

8,687

अभिनेता अनमोल केसी यतिवेला इलाममा फुटवल खेलको दर्शक बन्न पुगेका छन् । उनी इलामा सुरु भएको फुटवल खेलको दर्शक बन्न पुगेका हुन् । यतिवेला अनमोल केसी इलाममा चलिरहेको माईभ्याली गोल्डकपको दर्शक हुन् । उनी त्यहां दर्शक बन्न त्यसै गएका भने होइनन् । उनले अभिनय गर्ने फिल्म ‘क्याप्टेन’को सुटिङका लागि उनी इलाम पुगेका हुन् । फिल्ममा आउने सिनका लागि उनी दुरुस्त सिन दिन चाहन्छन् ।

त्यसैले इलाममा भएको फुटवल प्रतियोगिता उनका लागि उत्तम विकल्प बन्यो । तर उनले अभिनय गरेको फिल्म क्याप्टेनको सुटिगं आइतवारवाटै सुरु भइसकके भने होइन । फिल्मको औपचारीक सुटिगं भने जेठवाट हुनेछ । फिल्मको कथा अनुसारको सेटअप इलाममा चलिरहेको माईभ्याली गोल्डकपमा रहेकाले निर्माता भुवन केसीले चलाखी गर्दै सो कुरा खिच्न इलाम गएका हुन् । सो प्रतियोगितामा अनमोल दुई दिन सम्म रहने छन् ।

आइतबार माइभ्याली कपको सेमीफाइनल थियो भने सोमबार फाइनल खेल भएको छ । प्रतियोगिताको दर्शकको बिचमा अनमोल पनि मिसिएका छन् । फुटबलको क्राउड र सेटअप दुरुस्त देखियोस् भनेर निर्माता भुवन केसीले औपचारिक सुटिगं सुरु नहुंदै अनमोललाई त्यहां पठाएका हुन् । फिल्मको औपचारिक सुटिङ भने जेठको पहिलो हप्ताबाट गर्ने तयारी भइरहेको छ । फिल्ममा अनमोल केसीसँगै उपासन सिंह र प्रियंका एमभीको अभिनय रहेको छ । फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गर्दैछन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: