Todays Nepal
No1 Nepal's Complete News Sites

जापानी वैज्ञानिकले निर्माण गरे मानव स्वरुपबाट ६० सेकेण्ड मै स्पोर्टस् कारमा बदलिने अनौठो रोबोट

8,726

जापानमा ६० सेकेण्डमा कारमा परिणत हुने रोबोट तयार गरिएको छ। उक्त राबट हालै निर्माण गरिएको हो ।

जापानी वैज्ञानिकहरुले हलिउड फिल्म ट्रान्सर्फमरमा देखाइएका जस्तै रोबोट यथार्थमा निर्माण गरेका छन् । रोबट मानव स्वरुपबाट स्पोर्टस् कार र पुनः मानव स्वरुपमा आउन सक्ने रहेका छन् । राजधानी टोकियोमा आयोजित एक समारोहमा यो रोबोटको प्रदर्शनी गरिएको हो ।

जे डाइट हाफ रोबोट साढे ३ मिटर अर्थात् १२ फिट लामो छ । यो कारको रुपमा ४ मिटर अर्थात् १३ फिट लामो हुन्छ । यो रोबोट मान्छे जस्तै हिड्न सक्दछ भने कारमा बदलिएको बेला ६० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्दछ । कार दुई सिटर हुन्छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: