Todays Nepal
No1 Nepal's Complete News Sites

यी अवतारी गायिका जो गाएरभन्दा देखाएरै टिक्न चाहन्छन् !

8,751

कुनै समय फिल्मका ‘हिरोइन’हरु ‘ग्ल्यामरस’ र ‘सेक्सी’ देखिने निहुँमा ‘भल्गारिटी’ पस्किन्थे । त्यसमा चर्चामा आउने उनीहरुको स्वार्थ लुकेको हुन्थ्यो । जतिखेर रेखा थापाहरु चर्चामा आइरहे ।

चर्चाको ‘हत्कण्डा’मध्ये एक ‘भल्गारिटी’ हो । हिरोइन रेखा थापा, रेजिना उप्रेती, पुजना प्रधानहरु त्यही ‘फर्मूला’ले चर्चामै टिकिरहेका थिए । त्यो समयमा उनीहरुलाई ‘अवतारी नायिका’सम्म भनिन्थे ।

अब अवतार फेर्ने पालो गायिकाहरुको आएको छ । सबैलाई गायिकाहरुलाई भन्न खोजिएको होइन । केही यस्ता गायिका छन्, जो चर्चाकै लागि स्टेजमा ‘भल्गर’ हुँदै आएका छन् । यसले सम्बन्धित क्षेत्रका संघसस्था र व्यक्तिहरुलाई भने टाउ दुखाएको छ ।

लोकगायिका ज्योति मगरमात्र नभएर ‘रक गायिका’को उपमा भिरेकी सरस्वती लामा जस्ताहरु पछिल्लो समय गीतभन्दा ‘फिट’ बिकाइरहेका छन् । नेपाली संगीत क्षेत्रमा गायनभन्दा ग्ल्यामरस बढीलाई ‘फिट’ भनिन्छ । ‘फिट’ हुनकै लागि ज्योतिले छोटो पहिरनमा प्रस्तुत हुँदै आएकी छन् ।

मानौ, ज्योतिका लागि लामो पहिरन बन्न वर्जित छ । देश–विदेशका स्टेजमा ज्योति आधा नितम्ब देखाएर प्रस्तुत हुने गर्छिन् । द्विअर्थी शब्द बोल्नेशैली त सामान्य बन्दै गएको छ । तर, ज्योति आफ्नो ‘भल्गारिटी स्टाइल’लाई सहर्ष स्वीकार्छिन।

‘छोटो र पारदर्शी लुगा लाउँदैमा केही नबिग्रिने’ उनको बुझाइ छ । उनले एक अन्तर्वातामा भनिन्, ‘अहिलेको जमानामा छोटो लुगाको विरोध गर्नु भनेको समयअनुसार चल्नु नसक्नु हो ।’

‘भल्गर ड्रेसअप’ र भावभंगीकै कारण चर्चामा आइरहने ज्योति बेला–कुबेला विवादमा समेत आउने गरेकी छन् । तर, ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’भने जस्तै विरोध गर्नेहरु कराइरहेका छन्, देखाउनेहरुले देखाइरहेकै छ ।

ग्ल्यामरस भावभंगी ज्योतिका लागि ‘ट्याग’ बनिसकेको छ । तर, यसैबेला ‘रक गायिका’ सरस्वतीहरु संगीत क्षेत्रमा यसरी देखिए कि हलिउड गायिका केटी पेरी र लेडी गागाहरुलाई माथ खुवाउँदैछन् ।

हुन त सकरात्मक र नकारात्मक कुरामा कसैको प्रभाव हुन सामान्य हो । गायिका इन्दिरा जोशीलाई हलिउड पपस्टार साकिराको प्रभाव छ । जसका कारण उनी अहिले यो स्थानमा छिन् ।

आफूलाई ‘नेपाली साकिरा’ भन्न रुचाउँने इन्दिरा नेपाली संगीत क्षेत्रमा टिकिरहनु ‘साकिरा फर्मूृला’ नै हो किनकि, दर्शक तथा श्रोताले उनको गायन खाशै रुचाउँदैनन् । गायन नरुचाए पनि साकिराको नक्कल र ‘ग्ल्यामरस’शैलीका कारण उनका लाखौ फ्यान र प्रशंसक छन् ।

ग्ल्यामरसको नाउँमा ‘भल्गारिटी’ पस्किँदै आएकी सरस्वतीलाई लेडी गागाको प्रभाव परेको छ । उनको हाउभाउ र स्टाइल तथा डे«सअपले त्यही बताउँछ । संगीत क्षेत्रमा लामो समय संघर्ष गरेर पनि आफूलाई स्थापित र चर्चामा ल्याउन नसकेपछि ‘गागा नक्कल’ अंगिकार गरेकी सरस्वती थोरै समयमा धेरैपटक विवादमा आइसकेकी छन् ।

पारदर्शी पहिरनसँगै बेला–कुबेला मिडियासँग प्रस्तुत हुँदा बोल्ने शैलीका कारण उनी विवादमा आउने गरेकी हुन् । केही महिनाअघि एक यु–ट्युब च्यानललाई दिएको अन्तर्वातामा ‘कि पूँजीले चल्छ कि … ले चल्छ’ भनेपछि विवादमा आइन् ।

हुन त ज्योति, सरस्वतीहरुमात्र नभएर अधिकांश गायिकाले अन्तर्वातामा द्विअर्थी ‘अश्लील’ लाग्ने शब्द बोल्न थालेका छन् । विशेषगरी वर्षे च्याउजस्तै फस्टाएका यु–ट्युब च्यानलहरुले त्यस्ता अन्तर्वाता लिने गरेका छन् । लिने र दिने उस्तै भएपछि सेलिबे्रटी भनिएकाहरुको अन्तर्वार्ता यु–ट्युबमा सुन्नु र हेरिनसक्नुको अवस्था आएको छ ।

यस्ता यु–ट्युब च्यानलहरुले त्यस्तै ‘भल्गर’ वा ‘अश्लील’ बोल्ने कलाकारलाई खोजी–खोजी अन्तर्वार्ता लिने गर्छन् । जसले बोल्न लजाउने र देखाउन डराउनेहरु ओझेलमा पर्दै गएका छन् ।

कला र प्रतिभा भएर पनि सिधा–साधा भएहरु ओझेलमा पर्न थालेपछि संगीतकार संघ नेपाल, गीतकार संघ जस्ता सम्बन्धीत संघसंस्थाहरुले ‘भल्गरलाई प्रोत्साहन नगर्न’ मिडियाकर्मीसँग आग्रह गर्न थालेका छन् ।

साथै, मेला, महोत्सवहरुमा समेत भल्गर गायिकाहरुको प्रस्तुतीको वर्चश्व हुन थालेपछि त्यस्तालाई संगीत सम्बन्धित केही संघसंस्थाहरुले ‘बहिस्कार गर्न’ आग्रह गरिएको छ । यो समाचार दृष्टि साप्ताहिकमा प्रकाशित छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: