Todays Nepal
No1 Nepal's Complete News Sites

हुतिहारा सरकार केहि गर्न नसक्ने भन्दै सिमाका नेपालिले सुरु गरे नेपाल बचाउने यस्तो काम …

8,704

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटामा भारतीय प्रहरी एसएसवीको ज्यादती अझै नहटे पछि स्थानिय बासीन्दा आक्रोशित भएका छन् । उनीहरुले स्थायी समाधानका लागि स्थानीय संयुक्त सीमा सर्भे टोलीको माग गरेका छन् । गत बिहीबार वन्यजन्तु नियन्त्रणका लागि लगाएको तारबार भारतीय सीमा सुरक्षा वल ९एसएसबी० ले उखेलेर फालिदिएका थिए । उनीहरुले स्थानियबासीन्दालाई अपशब्द प्रयोग गर्दै दुब्र्यवहार समेत गरे । सिमावर्ती भारतिय प्रहरीको ज्यादती नरोकिए पछि स्थानीयले संयुक्त सीमा सर्भे टोलीको माग गरेका हुन् ।

भारतको दुदुवा राष्ट्रिय निकुन्जबाट आउने हात्तीको झुन्डले बर्सेनि बाली सखाप पार्न थालेपछि यहाँका बासिन्दा त्यसको रोकथाममा जुटेका थिए । तारवार गर्नु अघि भारतिय पक्षसंग सहमति लिएका भएपनि पछि तनाव उत्पन्न भएको थियो । भारतिय पक्षको सहमति पश्चात पुनर्वास नगरपालिकाको आर्थिक सहयोगमा उनीहरूले बीचफाँटामा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार लगाएका थिए । जडान गरिरहेकै बेला एसएसबीको टोली आएर गाडेका पिलर उखेलि दिएपछि उक्त क्षेत्रमा सीमा विवाद चर्किएको छ ।

पुनर्वास नगरपालिकाको बजेटअन्तर्गत उक्त क्षेत्रमा ७र८ सय मिटर दूरीमा विद्युतीय तारबार लगाउने काम चलिरहेको अवस्थामा एसएसबीले दशगजामा पर्ने भन्दै अवरोध गरेको स्थानीय बताएका छन् । १९५ सीमास्तम्भ नजिकै नेपाली भूभागमा जडान गरिएको तारबार एसएसबीले उखेलेको उनीहरूले जानकारी दिए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमा क्षेत्रमा दुईपक्षीय सहमतिपश्चात् मात्रै जुनसुकै गतिविधि गर्नेबारेमा छलफल भएको बताए । अहिलेको विवाद समाधानका लागि सर्भे टोली मगाउने कुरा चलिरहेको उनले जानकारी दिए ।२०७३ फागुनमा पनि सोही क्षेत्रको नालामा ह्युमपाइप राख्ने विषयमा विवाद भएको थियो । एसएसबीले गोली चलाउँदा स्थानीय गोविन्द गौतम सहिद भएका थिए । अहिले पुनर्वास नगरपालिका ४ मा पर्ने आनन्द बजार उनकै नामबाट नामकरण गरिएको छ । त्यो बेलादेखि बन्द नाका पनि खुलेको छैन ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: