Todays Nepal
No1 Nepal's Complete News Sites

घरको चाबी छिमेकीलाई सुम्पेर लालबाबु पन्डितका श्रीमान् श्रीमती सँगै जेल

9,088

एमाले नेता तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित एक पार्टीका मात्र नभएर धेरैजसो जनताका प्रिय मानिन्छन्।सामान्य जीवन जिउने र आफ्नो पदको जिम्मेवारीलाई इमान्दारिता पूर्वक पूरा गर्ने उनले श्रीमतीले दिएको साथलाई महत्वपूर्ण मान्छन्।

मन्त्री लालबाबु पण्डितकी श्रीमती बिमला महत पण्डित ललितपुरमा हुर्कीइन् । राजनीतिमा लागेकी उनी पहिल्यैदेखि आत्मविश्वासी स्वभावकी र पार्टीमा पनि सक्रिय रुपमा लागेका कारण एमाले नेताहरुको नजरमा परेकी थिइन् । जसले गर्दा मन्त्री पण्डितलाई बिमलासंग विवाहको लागि नेताहरुले नै कुरा राखे। लालबाबुले विवाहको लागि कुरा अगाडी बढाउनको लागि सहमति दिएपछि बिमला समक्ष कुरा गयो । बिमलाले परिवारले सहमति नदिने देखेपछि एक्लैले विवाहको निर्णय लिएकी थिइन्।

मन्त्री पण्डितका अनुसार, जीवनशैली कस्तो चलाउने भन्नेमा जीवनसाथीले दिने साथको महत्वपूर्ण भूमिका हुन्छ । बिमलाले श्रीमानलाई साथ दिइन्। विवाहका सुरुका दिनमा उनीहरु संगै जेल समेत परेका थिए ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: