Todays Nepal
No1 Nepal's Complete News Sites

गंगबुमा सडकमै खुलेआम यौनधन्दा – पढ्नुहोस

9,846

गंगबु क्षेत्रमा खाजाघर संचालनको नाममा यौन ब्यवासाय संचालन गर्ने गरेको पाइएको छ । त्यस्ता पसलमा लागूऔषधको बिक्री वितरण समेत हुने गरेको छ । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न र लागूऔषध बिक्री बितरणमा संलग्न ३४ जनालाई सो क्षेत्रवाट पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा संयुक्त अपरेशन संचालन गरेको थियो । संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्नेहरुलाई नियन्त्रणमा लिएको हो । जसमा १९ पुरुष र १५ महिला रहेका छन् ।

प्रभागका प्रमुख प्रताप पौडेलका अनुसार वैशाख महिनामा सो क्षेत्रलाई सभ्य बनाउन यस्तो अपरेशन सुरु गरिएको हो । नयाँ बसपार्क क्षेत्रलाई मानव बेचबिखन तथा ओसारपसार र यौन दुर्व्यसन नियन्त्रण क्षेत्र बनाउने प्रहरीको कार्ययोजना छ । उनले पक्राउ परेकाको अनुसन्धान भइरहेको र जसमध्ये १२ जनालाई मुद्दा चलाउने तयारी भइरहेको जानकारी पनि दिए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: