Todays Nepal
No1 Nepal's Complete News Sites

किन दिल्लीमा सन्दीप बेन्चमै सिमित?

7,916

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछानेलाई २० लाख भारतीय रुपैयाँमा दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा खरिद गरेको थियो । आईपीएलमा दिल्लीले तीन खेलमध्ये कुनै खेलमा पनि सन्दीपलाई खेलाएको छैन ।

लिगको दुई खेलमा पराजित दिल्लीका लागि हालसम्म ८ मध्य ६ विदेशी खेलाडी मैदानमा उत्रिसकेका छन् । दिल्लीले पहिलो खेलमा ओपनर कोलिन मुनरो, अलराउन्डर द्वय क्रिस मोरिस र ड्यानीएल क्रिस्टियन तथा तीव्र गतिका बलर ट्रेन्ट बोल्टलाई खेलाएको थियो । दोस्रो खेलमा क्रिस्टियनको स्थानमा म्याक्सवेलले विदेशी खेलाडीका रुपमा खेले ।

तेस्रो खेलमा भने मोरिस बिरामी परेपछि क्रिस्टियन टोलीमा फर्केका थिए । उक्त खेलमा मुनरोको स्थानमा इनिङ्सको सुरुआत गरेका जेसन रोयले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाए । उनी खेलको म्यान अफ द म्याच पनि चुनिए । त्यसै प्रदर्शनले उनले बाँकी खेलमा आफ्नो स्थान बलियो बनाएका छन् । अन्य विदेशी खेलाडीको हकमा भने ट्रेन्ट बोल्टले तीनै खेलमा औसत प्रदर्शन गरेका छन् । कागीसो रबाडा घाइते भएपछि उनको स्थानमा आएका लियाम प्लंकेट पनि बोल्टको स्थान लिने सम्भावना रहेको छ । म्याक्स्वेल र क्रिस्टियनले भने खासै प्रभाव जमाउन सकेका छैनन् ।

पहिलो खेलमा दिल्लीका स्पिनर अमित मिश्राले खराब बलिङ गरेपछि उनको स्थानमा दोस्रो खेल सहबाज नदीमले खेले । नदीमले उक्त खेलमा २ विकेट लिए भने तेस्रो खेलमा जम्न सकेनन् । अर्का स्पिन-अलराउन्डर राहुल टेवाटियाले भने राम्रो प्रदर्शन गरिरहेका छन् । दिल्लीले आवश्यक पारेको स्थितिमा म्याक्सवेलको अफ स्पिनको पनि सहारा लिन सक्छ ।

सन्दीपले यदि मुख्य स्पिनरको भूमिका खेल्ने हो भने क्रिस्टियन, म्याक्सवेल र मोरिसमध्य एकजना मात्र खेल्नुपर्ने समीकरण दिल्लीसमक्ष छ । त्यसका लागि टोलीमा भारतीय मुलका मध्यक्रमका ब्याट्सम्यानका रुपमा नमन ओझा, पृथ्वी शअ, अभिषेक शर्मा विकल्पका रुपमा उत्रन सक्छन् । अन्य टोलीमा स्पिनरले राम्रो प्रदर्शन गरिरहँदा दिल्लीले सन्दीपलाई विकल्पको रुपमा उभ्याउन सक्छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: