वैज्ञानिकहरुले एउटा यस्तो क्यामरा बनाएका छन् जसले मानव शरीरको पूरै अंग हेर्न सकिने दाबी गरिएको छ। प्राय: चिकित्सकले आफ्नो प्रयोजनको लागि शरीरको अंगको जाँच गर्नमा मद्दत पुर्याउने वैज्ञानिकहरुले बताएका छन्।
युनिभर्सिटी अफ एडिनवर्गका प्रोफेसर केव धालीवालले भनेका छन्, ‘यो क्यामराले धेरै प्रकारका काम गर्ने क्षमता राख्दछ। विशेष गरी यो क्यामराले चिकित्सकलाई शरीरमा कुनै प्रकारको औजार वा डिभाइसको लोकेशन देखाउन महत्वपूर्ण भूमिका खेल्नेछ।’
यता, चिकित्सकले यसको माध्यमबाट महंगी स्क्यान तथा एक्सरेहरुको विकल्पमा यसलाई प्रयोग गरी भरपुर फाइदा लिन सक्नेछन्। सुरुवातको परीक्षणमा यो क्यामेराले २० सेन्टिमिटर कोशिकाको तल समेत प्रकाशले देख्न सकिने क्षमता राख्दछ।
यस्तै इन्डोस्कोपी गर्दा प्रकाश शरीर बाहिर निक्लिन सक्ने खतरा हुने गरे पनि यो क्यामराले भने कुनै असर नगरी सजिलै वस्तु भेटाउन मद्दत गर्नेछ। त्यति मात्रै नभएर कुनै पनि मसिने कोसिका भएर बग्ने प्रकाशलाई पहिचान गरेर समस्याको समाधान गर्न यो क्यामरा सक्षम रहेको छ।