Todays Nepal
No1 Nepal's Complete News Sites

राजिनामा दिएर आराम गरिरहेका खरेल भन्छन्,‘३० वर्ष सेवा गरेँ, २ महिना ढुक्कले आराम गर्छु-त्यसपछी जनताको संगै हुन्छु

8,844

नेपाल प्रहरीको जागिरबाट राजिनामा दिएका चर्चित पूर्व प्रहरी नायब महानिरिक्षक रमेश खरेल यतिबेला घरमै आराम गरिरहेका छन् । यता नवनियुक्त प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल भने पद बहाली गर्दै नयाँ योजना अनुसार अघि बढ्ने दाबी गरिरहेका छन् ।

आईतबार एक अनलाईनलाई अन्तर्वार्ता दिने क्रममा खनालले पूर्व सहकर्मी तथा आइजिपीका प्रतिष्पर्धी रमेश खरेलले राजिनामा दिनुलाई सहज रुपमा लिएका छन् । खनालले अन्तर्वार्ता क्रममा प्रहरी संगठनमा एउटा व्यक्ति गएर त्यति फरक नपर्ने बताएका थिए ।

खरेल अब २ महिना केही नबोल्ने र आराम गर्ने योजनामा छन् । ‘म अब दुई महिना आराम गर्छु । त्यसपछी जनताको संगै हुन्छु। ३० वर्षे प्रहरी सेवाबाट भर्खरै विदा लिएको छु,’ खरेलले संक्षिप्त कुरा गर्दै भने,‘म अहिले केही बोल्ने योजनामा छैन ।

३० वर्ष भरीको थकान मेटाउँदै छु ।’ प्रहरी आइजिपीको बन्ने बरियतामा दोस्रो नम्बरमा रहेका खरेललाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइजिपी बनाउन चाहेका थिए ।

तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बरियता क्रममा पहिलो नम्बरमा रहेका डिआइजी सर्वेन्द्र खनाललाई आइजि बनाउन दबाव दिएका थिए ।

प्रचण्डको दबावपछि मन्त्रिपरिषदले बरियताको आधारमा पहिलो नम्बरमा रहेका खनाललाई प्रहरी प्रमुखमा नियुक्त गरेको थियो । खनाललाई नियुक्त गरेसँगै खरेलले आफू ‘ह्युमिलेशन’ भएर पदमा बस्दा संगठनलाई नराम्रो असर गर्ने भन्दै राजिनामा दिएका थिए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: