भारतका पूर्व केन्द्रीय मन्त्री लालुप्रसाद यादवका छोरा तेजप्रताप यादवको बिहे आगामी मे महिनाको १२ तारिखमा हुने भएको छ । चारा घोटालामा सजाय काटिरहेका भारतका पूर्व केन्द्रीय मन्त्री लालुप्रसाद यादवका छोरा तेजप्रताप यादवले बिहारका पूर्व मुख्यमन्त्री दरोगा प्रसाद रायकी छोरी ऐश्वर्या रायसँग बिहे गर्न लागेकी हुन् ।
उनीहरुको बिहे आगामी मे महिनाको १२ तारिखमा हुने पक्का भएसँगै इंगेजमेन्ट आगामी अप्रिल १८ मा हुने भएको छ । ऐश्वर्या बिहारका पूर्व मुख्यमन्त्री दरोगा प्रसाद रायकी छोरी हुन् ।
बिहेअघि तेजप्रताप र उनकी हुनेवाली पत्नी ऐश्वर्या रायको फोटो भाइरल भएको छ । दुवैको यो भेट पटना विमानस्थलमा भएको हो । तेजप्रतापकी हुनेवाली पत्नी कस्ती देखिन्छिन् भन्नेमा धेरैको चासो छ । भाइरल भएको तस्वीरमा तेजप्रतापलाई लजाएको देखिन्छ ।