Todays Nepal
No1 Nepal's Complete News Sites

के गर्दैछन् दरबार हत्याकाण्डमा मारिएकी अधिराजकुमारी श्रुतीका छोरीहरू?

8,895

दरबारको शान, सौकत र शासन त्यसै दिन ढलेको थियो, जुन दिन कहालीलाग्दो दरबार हत्याकाण्ड भयो ।

गीत बदलियो, रीत बदलियो । विगत परिमार्जित भएर वर्तमान फरक देखियो । सबै कुरा परिवर्तन नै थियो । हिजोको मामाघर आजको संग्राहलय बन्यो । तर, मन बदलिएन । देश र आमा उस्तै हुन् । जति आमाको माया हुन्छ, त्यति देशको माया हुन्छ । त्यसैले होला स्व। अधिराजकुमारी श्रुति शाह राणाका छोरीहरू बारम्बार सम्झिरहन्छन् आमा र देश ।

‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’, गणतन्त्र नेपालले उत्पादन गरेको राष्ट्रगानसहित उनीहरूले सम्झिने गरेका छन्, आमा श्रुति । नारायणहिटी राजदरबारबाट संग्राहलय बनेपनि त्यसभित्रका सम्झनाहरू ताजै छन् जहाँ १९ जेठ, २०५८ मा हत्याकाण्ड भयो र उनीहरूले गुमाए मावलीका हजुरबुवा तत्कालिन राजा वीरेन्द्रदेखि हजुरआमा ऐश्वर्य, आमा श्रुती मामाहरू दिपेन्द्र, निराजनलगायत अन्य नातेदार ।

वंश नाश भएको बेला पुरै देश शोकमा डुवेको थियो । वीरेन्द्रको वंश विनाससँगै नेपालमा राजतन्त्रको पनि पतनका दिन सुरू भइसकेको संकेत देखिएको थियो । पुनः राजाका रूपमा ज्ञानेन्द्रले गद्दी सम्हाले पनि मुलुकको राजनीतिक परिवेशको आँधी बेहरीले दरबारलाई संग्राहलयमा परिणत गरिदियो । त्यहि संग्राहलयमा घरि–घरि झुल्किने गरेका छन् बाल्यकालमा नै गुमाएकी आमादेखि मावलीको सम्झनाका लागि गिर्वाणी र सुरङ्गना राणा ।

थप जानकारीको लागि हेर्नुहोस् भिडियो :

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: