Todays Nepal
No1 Nepal's Complete News Sites

छोराको सम्झनामा आमाको आँखाबाट बररर आँखु

8,800

जन्मदिने आमाप्रति श्रद्धा र सम्मन गरी आशिर्वाद लिन मातातीर्थ औंसी मनाइरहदाँ म्याग्दीको बेनी नगरपाालिका गलेश्वरस्थित जेष्ठ नागरिक आश्रमकी कैलाली जिल्ला घर भएकी कलावती सापकोटाका आँखाबाट बररर आँसु झरीरहेका थिए । घरमा छोराछोरी भएपनि आश्रममा जीवन विताउनुपरेको बाध्यतासँगै मातातीर्थ औंसीका दिन विहानै देखी मन थामिएको छैन् । ‘छोरासँग सम्पत्ती धेरै छ, हामीलाई दिने मायाँमा कन्जुसाई गर्छ’ उनले भनिन् ।

आश्रमकै आफ्नो जिवन साथी गुमाएकी सापकोटाले छोराका बारेमा धेरै बोल्न चाहिनन् । श्रीमानको मृत्यु हुदाँ समेत छोरा नआएपछि विधि पु¥याएर कालिगण्डकीमा दाहसंस्कार गरेकी उनले निष्ठुरी छोराहरूको याद अरु दिनभन्दा आज धेरै आउने गरेको बताईन् । कैलालीबाट गलेश्वर दर्शनका लागि भन्दै झुक्याएर भागेका छोरालाई सम्झिएर उनले एकदशक विताइसकेकी छन् ।

‘परिवारका अन्य सदस्यको भन्दा छोराछोरीको धेरै मायाँ लाग्छ। भाग्यले कहाँबाट कहाँ पुराउँदो रहेछ’ म्याग्दी अन्नपुर्ण गाउँपालिका राम्चे काफलडाँडाकी लालुमायाँ मगर भक्कानिदै बेनीअनलाइनलाई भनिन् । मुख्य चाडपर्व र मातातीर्थ औंसीमा अधिकाँस जेष्ठ नागरिकको आँखाबाट आँसु खसेका थिए । आश्रममा रहेका ६५ जना बृद्धबृद्धामा ५ जनाको घरमा छोराछोरी छन् । जसमध्ये पर्वत जिल्लाकी ओमकुमारी लामिछानेले छोराबुहारीको आश्रममा पठाएको गुनासो गरिन् । उनले आफ्ना सन्तानबाट पाएको अपमानलाई खुलेर सुनाउँछिन् । ‘छोराछोरी नामका छन्, साथमा छैनन्’लामिछानेले बेनीअनलाइनलाई भनिन् ।

आश्रमकी योशोधा पौडेलीका अनुसार आर्थिक हैसियत राम्रो भएकाले बुहारीको इसारामा आश्रममा छोडेर गएको बताईन् । ‘केहीले आमाको माँयालाई समेत बुझेका रहेनछन्, विरामी अवस्थामा ल्याएर छोडेर गएकाले अझै छोरालाई सम्झिएर रुन्छन्’ गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष भिमनाथ पराजुलीले भने । उनले दशैतिहार, मातातीर्थ औंसी, तीज लगाएतका महत्वपुर्ण चाँडमा परिवार भएका जेष्ठ नागरिक रोहेरै दिन विताउने गरेका बताए । आश्रममा रहेका बृद्धबृद्धालाई विभिन्न कार्यक्रम गरिने बताए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: