Todays Nepal
No1 Nepal's Complete News Sites

विवादीत साउथ चाइना सीमामा चीनले देखायो हालसम्मकै ठूलो शक्ति प्रदर्शन, भारतमा रुवाबासी

7,786

चीनले साउथ चाइना सीमा हालसम्मकै ठूलो सैनिक अभ्यास सम्पन्न गरेको छ । यो खबर त्यहाँको रक्षा मन्त्रालयले दिएको हो । समाचार अनुसार सो जलसेनाको परेडलाई राष्ट्रपति सि जिनपिङ्गले अबलोकन गरेका थिए ।

कम्तिमा १०,००० सैनिकहरुले यस सैनिक अभ्यासमा भाग लिएको मन्त्रालयले भनेको छ । मन्त्रालयका अनुसार यसमा ४८ नौसैनिक वाहान र ७६ लडाकू विमान पनि संलग्न थियो ।

चिनिया डिस्ट्रोयटर चङ्गशाबाट बोल्दै सिले भने देशको जलसेनालाई अझ आधुनिकिकरण गरेर विश्वस्तरीय बनाउने बताए । सम्बोधनको क्रममा सीले सेनामाथि चिनिया कम्युनिष्ट पार्टीको नेतृत्वलाई जोड दिए ।

चीनको एक मात्र विमान बोक्ने जहाज लिओनिङ्ग जे–१५ लडाकू विमान सहित परेडमा सहभागी थियो ।

साउथ चाइन सी एशियामा लामो समयदेखि विवादमा रहेको छ । चिनिया सरकारले यो क्षेत्रको ठूलो हिस्सामा आफ्नो दावी प्रस्तुत गरेको छ । चीनका साथ साथै फिलिपिन्स र भियतनामको पनि यो क्षेत्रमा दावी रहेको छ ।

साउथ चाइना सीमा चिनिया जनमुक्ति सेनाको विशाल नौसैनिक अभ्यास गराएर चीनले यस क्षेत्रमा दावी गर्ने अन्य राष्ट्र र अमेरिकालाई यो क्षेत्रमाथि आफ्नो नियन्त्रण रहेको स्पष्ट रुपमा संकेत दिन खोजेको जस्तो देखिन्छ । विज्ञहरुका अनुसार चिनियाँ सेनाहरु अभ्यास पछि पनि यो क्षेत्रमा रहनसक्छन् ।

मार्च २६ को भूउपग्रहीय तस्विरमा लिआनिङ्ग र ठूलो सङ्ख्यामा अन्य चिनिया नौसनिक वाहानहरु यो क्षेत्रमा देखिए पछि यो खालको अभ्यास गरिने अनुमान पहिले नै गरिएको थियो ।

शुक्रबार नै हेनान प्रान्तमा रहेको समुद्री सुरक्षा प्रशासनले सैन्य तालिमको कारण देखाउदै यो क्षेत्रमा एक हप्ताको लागि सबै प्रकारको जहाजहरुलाई प्रतिबन्ध लगाएको छ ।

मार्च मै रक्षा मन्त्रालयले गरेको पत्रकार सम्मेलनको क्रममा नौसैनिक अभ्यास र त्यसमा प्रयोग गरिने जहाजहरुबारे प्रश्नमा मन्त्रालयले बोल्न अस्वीकार गरेको थियो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: