Todays Nepal
No1 Nepal's Complete News Sites

२०७५ तपाईको लागि सुभ छ की अशुभ ? यस्तो छ तपाईको बार्षिक राशिफलमा भाग्य !

9,137

मेष
यो वर्ष समग्रमा धेरै अनुकुल र थोरै प्रतिकुल देखिन्छ । वर्षारम्भ गुरुदेवको अनुकुलताले पढाई लेखाई तथा अनुसन्धानका क्षेत्रमा राम्रो हुनेछ । व्यवसाय परिवर्तनको सम्भावना देखिन्छ । राहु र केतुको प्रभावले काम काजमा विलम्ब गराउनेछ तर प्रयत्न गरेमा गन्तव्यमा पुग्न सकिनेछ ।आश्विनबाट गुरु प्रतिकुल हुदा पढाई लेखाईमा अवरोध आउनेछ नोकरीबाट सन्तुष्टि मिल्ने छैन । व्यवसायमा बढि लगानी र उधारो कारोवार गर्दा विचार गर्नु होला नत्र डुब्न सक्छ । परिवारजनबाट अपेक्षाकृत सहयोग कम मिल्नेछ । असार,असोज,माघ र फाल्गुन महिना सवल,श्रावण,मंसिर र चैत्र महिना कमसल तथा अन्य महिना सम हुनेछन् त्यहि अनुसार योजना बनाएर काम गर्दा बढि लाभान्वित हुनेहुनेछ ।

बृष
जन्मकुण्डलीमा शनि ग्रह खराव हुनेका लागि वर्ष त्यति अनुकुल नहुनसक्छ । आर्थिक पक्ष दूर्वल हुनेछ । दिएको धन फिर्ता लिन गाह्रो हुनेछ । आफन्त बनेर धोका दिनेछन् । स्वास्थ्यमा समस्या आउनेछ । मिलेर कुनै काम गर्नु हुनेछैन । पारिवारिक समस्या बढ्नेछन् । मानसिक तनाव झेल्नु पर्नेछ । शैक्षिक क्षेत्र कमजोर रहेकोछ । वैदेशिक क्षेत्र थोरै अनुकुल देखिन्छ । देश,विदेशको यात्रा हुनेछ । शत्रुहरु कमजोर हुनेछन् । व्यवसाय परिवर्तनको चहाना बढ्नेछ । नोकरीबाट लाभान्वित हुनुहुनेछ । काममा ढिला सुस्ति हुनेछ । श्रावण,कार्तिक,फाल्गुन र चैत्र महिना कार्य प्रगति र आर्थिक दृष्टिकोणले राम्रा रहेका छन भने भदौ,पुस र वैशाख महिना कमजोर तथा अन्य महिना सामान्य रहनेछन् ।

मिथुन
ग्रह,गोचर सामान्य देखिन्छ । वर्ष भरि नै गुरु तपाईका राशिबाट पञ्चम र छैठौ स्थानमा रहने हुदा पढाई लेखाईमा सामान्य उतार चढावका वीच सफलता मिल्नेछ । घरमा मांगलिक काम हुनेछन् । सप्तम स्थानमा वसेको शनिले व्यापार व्यवसायमा उतार चढाव ल्याउनेछ । साझेदारी काममा हात नहाल्नु होला । स्वतन्त्र प्रकृतिका कामबाट आय आर्जन राम्रै हुनेछ । इष्टमित्र साथी भाईका कारण आर्थिक समस्यामा पर्न सकिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउदा उचित हुनेछ । दामपत्य जीवनमा अमेल बढ्न सक्छ । वैशाख,भदौ,मंसिर र चैत्रमहिना उत्तम,असोज,माघ र जेठ महिना कनिष्ठ तथा अन्य महिना समान्य रहनेछन् ।

कर्कट
यो वर्ष सामान्य वर्ष रहनेछ । विशेष गरेर शनि अनुकुलताको कारण गरेका कामबाट उचित प्रतिफल मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । मुद्धा मामिलामा जीत हुनेछ । घर परिवार तथा आत्मियजनबाट सहयोग भने कम मिल्नेछ । पेशा व्यवसायमा नयाँ नयाँ अवसर आउनेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । सहज र सरल तरिकाले काम बन्नेछन । सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । राज्यबाट सम्मान पुरस्कार मिल्न सक्ने कुरालाई नकार्न सकिन्न । पशु पालन,कृषि जस्ता व्यवसायबाट लाभान्वित हुनुहुनेछ । पढाईमा प्रगतिको वर्ष रहनेछ । अनुकुल महिना पुष,आश्विन,वैशाख र जेठ तथा प्रतिकुल कार्तिक,फाल्गुन र असार एवं अन्य महिना सामान्य रहने छन् ।

सिंह
यो साल हरेक क्षेत्रमा सुधार आउनेछ । बाह्रौ राहु कारण आर्थिक विषमता बढ्ने देखिन्छ तर छैठौ केतले बल प्रधान गर्नेछ । शत्रु कमजोर बन्ने छन् । गुमेको धन हात पर्नेछ । उधारो कारोवार गर्दा धन डुब्न सक्छ । अध्ययन अध्यापन मार्ग सामान्य सफलता मिल्नेछ । सामाजिक काम काजमा अभिरुची बढ्नेछ । कृषि पशु चौपायबाट सामान्य आम्दानी हुनेछ । व्यवसाय परिवर्तनको सम्भावना त्यत्तिकै देखिन्छ । वैदेशिक कार्य अधुरा रहने छन् । पारिवारिक समस्याबाट छुटकरा मिल्नेछ । उत्तराद्र्धको तुलनामा पूर्वाद्ध कमजोर देखिन्छ । जेठ,असार,कार्तिक र माघ महिना उन्नतिका हिसावले राम्रो रहेका छन् । मंसिर,चैत्र र श्रावण महिना प्रतिकुल रहेका छन् ।

कन्या
अध्ययन अध्यापन र सामाजिक क्षेत्र सामान्यतया राम्रो देखिए पनि अढैया शनि कारण स्वास्थ्ययमा समस्या आउनेछ । जन्मको शनि खराव भएमा धेरै राम्रा कामको आशा गर्नु गलत हुनेछ । घर परिवारमा समस्या आउने तथा धन सम्पतिको नास हुने देखिन्छ । आफन्तबाट सहयोग भन्दा असहयोग बढि हुनेछ । काम गर्दा कठिनाई भोग्नु पर्ने छ । जोखिमपूर्ण काममा हात नहाल्नु यो बर्ष बढि उचित हुनेछ । नयाँ काममा लगानी बढाउनु राम्रो देखिन्न । नोकरी तथा व्यापारबाट केहि राहत मिल्नेछ । उपलब्धिका हिसावले मंसिर,फाल्गुन,असार र श्रावण महिना उत्तम रहलान् । वैशाख, पुष र भदौ महिना प्रतिकुल तथा अन्या महिना समान्य रहलान् ।

तुला
जन्म समयमा शनि अनुकुल हुनेले यो वर्ष धेरै क्षेत्रमा सफलता हात पार्नेछन् । उद्योग पराक्रम बढ्नेछ । अधुरा काम फस्र्योट हुनेछन् । नयाँ योजनाका बारेमा विचार विमर्श हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । शैक्षिक विषयलाई लिएर विदेश यात्रा हुनसक्छ । श्रम क्षेत्र सपल रहनेछ । चतुर्थ राहुले भने पारिवारिक सुख र भौतिक सुखमा कमि ल्याउनेछ । काम गरेर पूर्ण लाभ लिन सकिने छैन । चोटपटक आदिको भय देखिन्छ । वायु विकारले सताउनेछ । श्रावण,भदौ,पुष र चैत्र महिना उन्नतिका हिसावले उत्तम महिना हुनेछन् । माघ,जेठ र असोज महिना कुनै नयाँ काम शुरु नगर्नु होला प्रतिकुल हुनेछ ।

बृश्चिक
यो बर्ष भरि अन्त्य साढेसाती शनि ग्रहको प्रभाव बढि रहने हुदा जन्मको शनि खराव हुनेका लागि आर्थिक दृष्टिले समय त्यति अनुकुल नहुन सक्छ । आफन्तका कारण नोक्सानी वेहोर्नु पर्नेेछ । मनमा अशान्ति र नोकरीमा पदोन्नति हुदा तथा राम्रो गर्दा गर्दै पनि अपयश आउन सक्छ । शैक्षिक क्षेत्रमा सामान्य प्रगति हुनेछ । घरमा मांगलिक काम हुनेछन् । व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ तर वचत गर्न भने गाह्रो हुनेछ । पशु चौपाय तथा कृषि क्षेत्रमा गरेको लगानी निरर्थक हुन सक्छ । वैदेशिक यात्राको योग देखिन्छ । नयाँ कामको थालनी हुनेछ । माघ,वैशाख, भदौ र असोज महिना उत्तम,फाल्गुन,असार र कार्तिक महिना खराव तथा अन्या महिना सामान्य रहनेछ ।

धनु
यो बर्ष भरि नै साढेसाती शनि ग्रहको प्रभाव बढि रहने हुदा जन्मको शनि खराव हुनेका लागि समय त्यति अनुकुल नहुन सक्छ । आफन्तजनमा मनमुटाव बढ्नेछ । हेलचक्र्याई गरेर काम गरेमा ठुलो नोक्सान हुनेछ । घर परिवारमा समस्या देखिने छन् । आत्मिय जनबाट सहयोग मिल्ने छैन उल्टो टाढा हुने अवस्था आउन सक्छ । छैटौ केतु अनुकुल भए पनि बाह्रो राहुले गर्दा पशु चौपाय तथा कृषि क्षेत्रमा गरेको लगानी निरर्थक जस्ता हुनेछ किन कि आम्दानी गरेर पनि वचत गर्न गाह्रो हुनेछ । जेठ,असोज, कार्तिक र फाल्गुन महिन उन्नतिका दृष्टिले उत्तम देखिन्छ । केहि काम बन्ने छन् । वैदेशिक क्षेत्रका काम हुनेछन् । धार्मिक यात्रा हुनेछ । खर्चका दृष्टिले चैत्र,श्रावण र मंसिर महिना र अन्य महिना सामान्य रहनेछन् ।

मकर
साढेसाती शनि ग्रहको प्रभावले गर्दा यो वर्ष कामबाट धेरै उपलब्धि हासिल नहुने देखिन्छ । हरेक काम गर्दा संवेदनशिल भएर लाग्नु पर्ने हुन्छ । मानसिक तनाव वेहोर्नु पर्नेछ । आर्थिक क्षेत्रमा विषमता आउनेछ । गरेका कामबाट उचित प्रतिफल लिन सकिने छैन । सामाजिक काममा अभिरुची बढ्नेछ । वौद्धिक क्षेत्रका कामबाट लाभान्वित हुनुहुनेछ । मिलेर गरेका काम विफल हुनेछन् । काम गर्दा विचार पु¥याउन नसके धन सम्पतिको नास हुनसक्छ । आफन्तबाट टाढा हुने अवस्था आउन सक्छ । घर परिवारमा धार्मिक कार्य हुनेछन् । शैक्षिक विषयलाई लिएर विदेश यात्रा हुने योग देखिन्छ । उन्नति प्रगतिका हिसावले असार,कार्तिक,मंसिर र चैत्र महिना अवनतिका हिसावले वैशाख,भदौ र पुष महिना तथा समदृष्टिले अन्या महिना रहनेछन् ।

कुम्भ
यो वर्ष सामान्य अनुकुल देखिन्छ । उपलब्धिका काम हुनेछन् । आम्दानी खर्चको सन्तुलन रहनेछ । योजना बनाएर गरेका काम सफल हुनेछन् । नोकरी तथा राजनीतिमा प्रतिश्पर्धा बढि गर्नु पर्नेछ । मिलेर गरेका काम त्यति उपलब्धिमूलक रहने छैनन । नयाँ नयाँ कार्य योजनाहरु अगाडि बढ्ने छन् । सन्तानबाट सुख,शान्ति मिल्नेछ । व्यापार व्यवसायबाट राम्रै लाभ लिन सकिनेछ । धार्मिक कुरामा रुची बढ्नेछ । अध्ययन अध्यापन क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्र अधुरो देखिन्छ । एजेन्सि तथा निर्माण सम्बन्धित कामबाट बढि लाभान्वित हुनुहुनेछ । उन्नतिका दृष्टिले वैशाख,श्रावण,मंसिर र पुष महिना,अवनतिका दृष्टिले जेठ,असोज,माघ र समदृष्टिले अन्य महिना रहेका छन् ।

मीन
यो बर्ष ग्रह गोचर मध्यम देखिन्छ । हरेक क्षेत्रमा सोच विचार काम गर्नु पर्ने देखिन्छ । सन्तानपक्ष दूर्वल रहेकोछ । पढाई लेखाइमा उतार चढाव आउनेछ । घर परिवारमा सुख,शान्ति अल्प मिल्नेछ । स्वव्यवसायमा स्तरोन्नति कम हुनेछ । मिलेर गरेका कामले फाइदा दिने छैन । आफन्तका कारण धनमाल नोक्सान हुनसक्छ । पैत्रिक सम्पति नोक्सन हुनसक्छ । नयाँ काम गर्दा हतारमा नगर्दा फाइदा हुनेछ । अनुसन्धान ,अन्वेषणका काममा आंशिक सफलता मिल्नेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ । धार्मिक कार्य अगाडि बढ्ने छन् । जेठ,भदौ,पुष र माघ महिना शुभ,असार, कार्तिक र फाल्गुन महिना कमजोर तथा अन्य महिना सामान्य रहलान् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: