Todays Nepal
No1 Nepal's Complete News Sites

जापानी बक्सरलाई टाँका लगाउनुपर्नेगरि ढाल्दै नेपालका अबिरलले जिते एस ब्याटल उपाधि

7,707

नेपालका १८ बर्षिय युवा किक बक्सिङ खेलाडी अबिरल घिमिरेले जापानका व्यवसायिक किक बक्सरलाई टाँका लगाउनुपर्नेगरि ढाल्दै एस ब्याटल उपाधि जितेका छन् ।

खेल जीवनको लगातार सातौं खेल जित्ने क्रममा अबिरलले तीन चरणमा खेलिएको खेल बराबरीमा टुंगिएपनि अतिरिक्त खेलाइएको खेलमा जापानी बक्सरलाई नकआउट गर्दै नेपाली शान उँचो राखेका हुन् ।

नेपाली झण्डा फहराउने क्रममा सुरुवातमा तीन तीन मिनेटमा तीन चरण खेलाइएको खेलमा पहिलो चरणमै जापानी मुक्केबाजको मुक्काले ढलेका अबिरलले दोस्रो र नेस्रो चरणमा रोचकढंगले खेलमा पुनरागमन गर्दै जापानी किक बक्सरलाई दबावमा राख्दा खेल बराबरीमा टुंगिन पुगेको थियो ।

उमेरले १८ बर्षमात्र टेकेपनि गोर्खे बल र मुक्केबाजी शिपमा अब्बल देखिएका अबिरलले बराबरीमा टुंगिएपछि अतिरिक्त खेलाइएको खेलको दुई मिनेटको समयमा जापानी किक बक्सिङ खेलाडीलाई मुक्का प्रहार गर्दै मैदानमा ढालिदिएका थिए ।

अबिरलको मुक्काले ढलेका जापानी खेलाडीको निधार फुटेर चार टाँका लगाउनुपर्नेगरि रगत बगेपछि उनले खेल हारेको स्विकार्दै अबिरललाई खेल सुम्पिएका थिए ।

एस व्याटल म्याचमा अबिरलसँग प्रतिस्पर्धा गरेका वादा मासाकी राधा नामले चिनिन्छन् भने उनि अन्र्तराष्टिय रुपमा व्यवसायिक किक बक्सिगं खेल्दै आएका छन् ।

थाई प्रशिक्षक चाउ लोगेतो र अन्र्तराष्टिय स्तरको के वन बक्सर खेलाडी समेत रहेका आफ्ना पिता देव घिमिरेको विशेष प्रशिक्षणमा प्रतिस्पर्धामा उत्रेका अबिरलले खेलमा बिजयी भएपछि जापानसमाचारडटकमसँग कुराकानी गर्दै खेल ज्यादै प्रतिस्पर्धात्मक भएको बताए ।

आफुभन्दा किक बक्सिङमा अनुभवी र उमेरले पनि झण्डै दोब्बरको व्यक्तिसँग भिड्न गाह्रो भएपनि हरेस नखाई खेलेकाले जीत निकाल्न सम्भव भएको अबिरलको भनाईछ ।

तीन बजेबाट ओकाजाकि चेम्बर अफ कमर्स एण्ड इन्डस्टि कन्फेरेन्स हलमा भएको खेलका अन्य प्रतिस्पर्धामा १५ समुहमा जापान, नेपाल, ब्राजिल, थाईल्याण्ड सहित विभिन्न युरोपियन देशका गरि ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रोफेसनल किक बक्सिगं अन्र्तगतको अन्तराष्टिय स्तरको पहिलो खेलमा आफ्नो छोरा बिजयी भएपछि अबिरलका पिता तथा प्रशिक्षक समेत रहेका देव घिमिरेले कम उमेरमा सिकाए अनुसार अनुशासित भएर हिम्मतले खेलेका कारणनै बिजयी भएको भन्दै यसले सबै नेपालीलाई खुशी दिएको प्रतिक्रिया दिए ।

उनले भने-‘मेरो यो जित सारा नेपालीहरुको लागि खुशीको कुरा हो किनभने बिदेशमा रहेर खेलिरहेपनि मैंले मेरो देशको झण्डा बोकेर नेपाली खेलाडीको रुपमा खेलीरहेको छु त्यसैले मेरो यो जीतमा हलमा उपस्थित नेपालीहरुसँगै जापानबासी नेपाली र सारा नेपालीको हात र साथ रहेको छ ।’

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: